जेठ महिनामा काम खोज्दै ४६ हजार विदेशिए, ४९ जनाले ज्यान गुमाए « Khabarhub

जेठ महिनामा काम खोज्दै ४६ हजार विदेशिए, ४९ जनाले ज्यान गुमाए


५ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगारीमा संस्थागत रुपमा जाने कामदारको संख्यामा मासिक रुपमै गिरावट आएको छ ।

गत वैशाखको तुलनामा जेठ महिनामा कामको खोजीमा विदेशीनेको संख्या घटेको वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको पछिल्लो तंथ्याकमा उल्लेख छ ।

जेठमा संस्थागत र व्यक्तिगत रुपमा जाने कामदारको संख्या कुल ४३ हजार ६ सय ५४ जना रहेका छन् । व्यक्तिगत तथा संस्थागत श्रम स्वीकृतिमार्फत गएका ४३ हजार ६ सय ५४ जना मध्ये ६ जना उच्च दक्ष, ७९ जना व्यवसायीक सिप भएका ३ हजार ९ सय ६३ जना, १४ हजार ६ सय ३ जना दक्ष र २५ हजार ३ जना अदक्ष कामदार रहेका छन् ।

विभागले जेठ महिनाको मासिक प्रगति विवरण अनुसार संस्थागत रुपमा जाने कामदारको संख्या १८ हजार ९ सय ५२ रहेको छ । वैशाख महिनामा उक्त संख्या २० हजार १ सय ९६ थियो । गत महिनाको तुलनामा २ हजार कम कामदार जेठ महिनामा विदेशिएका हुन् ।

जेठमा संस्थागत कतार ४ हजार ७ सय ९१ जना रोजगारीका लागि पुगेको विभागको तंथ्याकमा छ । त्यसैगरी यूएई जानेको संख्या ४ हजार ७ सय ८६ रहेको छ भने साउदी अरब जानेको संख्या ४ हजार ६ सय १० रहेको छ । जेठ महिनामा संस्थागत रुपमा १ हजार ९ सय २३ जना मलेसिया गएका छन् ।

जेठ महिनामा अफगानिस्तानमा ३६, अल्जेरियामा ११, बहराइनमा ३ सय २९, चीनमा १०, साइप्रसमा १ सय ८९, जापानमा ११, जोर्डनमा ७३, कुवेतमा १ हजार ४ सय ५५, मकाउमा १८, माल्टामा ४०, ओमनमा २ सय २७, पोल्याण्डमा ४२, पोर्चुगलमा ७५ जना गएका छन् । त्यस्तै जेठमा रोमानियामा १ सय ४८ जना र टर्कीमा १ सय ७६ जना गएको विभागको तंथ्याकमा छ ।

यस्तै जेठ महिनामा वैदेशिक रोजगारीमा गएका ४९ जनाले विभिन्न देशमा ज्यान गुमाएका छन् । जसमा ३ जना महिलाको मृत्यु भएको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले जनाएको छ । बोर्डअनुसार जेठ महिनामा कतारमा १८ जना, साउदीमा ९ जना, युएईमा ११ जना, मलेसियामा ९ जना कुवेतमा २ र साइप्रसमा १ जना गरी ४९ जनाले मृत्यु भएको बोर्डले जनाकारी दिएको छ ।

प्रकाशित मिति : ५ असार २०७६, बिहीबार  ११ : ३७ बजे

कसले सम्हाल्ला अन्योलग्रस्त कांग्रेसमा संसदीय मोर्चा ?

काठमाडौं– गत भदौ २३ र २४ गतेको जेन–जी विद्रोहपछि नेपाली

अन्य दललाई गोकुलको सुझाव : रास्वपाका एजेन्डा जनताले पत्याए, खाँबो चिथोर्न बन्द गरौँ

काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य गोकुलप्रसाद बास्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टी

गोकुल बाँस्कोटाको टिप्पणी- ‘रास्वपाले जित्यो, अब काम गरेर देखाओस्’

काठमाडौं– नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सामाजिक सञ्जाल फेसबुकमार्फत राष्ट्रिय

बाबुरामको टिप्पणी : रास्वपाप्रति आशा, ईर्ष्या र सतर्कताको नजरले हेरिनु स्वाभाविक

काठमाडौं- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति

इरान–इजरायल द्वन्द्व तीव्र, इरानद्वारा जवाफस्वरूप मिसाइल प्रहार

एजेन्सी– इजरायलले दुई जना वरिष्ठ इरानी सुरक्षा अधिकारीको हत्या गरेपछि