विश्वकप क्रिकेट : अस्ट्रेलियासँग अंक खोस्ने लक्ष्यमा बंगलादेश « Khabarhub

विश्वकप क्रिकेट : अस्ट्रेलियासँग अंक खोस्ने लक्ष्यमा बंगलादेश


५ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इङ्ग्ल्यानन्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (बिहीबार) अस्ट्रेलिया र बंगलादेशले प्रतिस्पर्धा गर्दैछन् ।

नोटिङघमस्थित ट्रेन्ट ब्रिज क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे शुरु हुनेछ । अंक तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको अस्ट्रेलिया बंगलादेशमाथि जित निकाल्दै शीर्ष स्थानमा उक्लिने लक्ष्यमा रहेको छ । यस्तै, ५ खेलबाट समान ५ अंक नै जोड्न सकेको बंगलादेश अस्ट्रेलियासँग अंक खोस्ने दाउमा रहेको छ ।

अस्ट्रेलियाले अहिलेसम्म भारतसँग बाहेक सबै टोलीमाथि सहज जित हात पारेको छ भने अस्टेलियाका लागि ब्याट्सम्यान डेभिड वार्नर, स्टेभ स्मिथ र कप्तान आरोन फिन्चले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

यस्तै, बंगलादेशले यसअघिको वेष्ट इन्डिजविरुद्धको खेलमा जित हात पार्दा शाहब अल हशन र लिटोन दासले उत्कृष्ट ब्याटिङ गरेका थिए । शाहबले जारी विश्व्कपमा २ शतक प्रहार गरीसकेका छन् भने उनीबाट अस्ट्रेलियाविरुद्ध पनि राम्रो ब्याटिङको अपेक्षा गरीएको छ ।

प्रकाशित मिति : ५ असार २०७६, बिहीबार  ११ : ५८ बजे

आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको कूटनीतिलाई राष्ट्रिय आर्थिक हित र

वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै

काठमाडौं– रसुवामा बाढीका कारण क्षतिग्रस्त गल्छी-वेत्रावती सडकखण्डमा अस्थायी ट्र्याक खुलेसँगै

जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर

काठमाडौं– शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले सान्क्सी अटोमोबाइल ग्रुप (स्याकम्यान) सँगको सहकार्यमा

जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी

रुपन्देही- कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले माटोको उर्वराशक्ति जोगाउन

चाडपर्वका बेला हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न सम्बद्ध निकाय परिचालन

काठमाडौं- सरकारले चाडपर्वको समयमा बजारमा हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण