प्रधानमन्त्रीलाई सांसदको प्रश्न– ग्यासको पाइपलाइन कहाँ पुग्यो ? « Khabarhub

प्रधानमन्त्रीलाई सांसदको प्रश्न– ग्यासको पाइपलाइन कहाँ पुग्यो ?


५ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद संजय गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीबाट जनतालाई ढाँट्ने काम भएको बताएका छन् ।

घर–घरमा पेट्रोलको पाइप लाइन, पानीजहाजको कुरा गरेर प्रधानमन्त्रीबाट जनतालाई ढाँट्ने काम भएको गौतमको भनाइ छ ।

बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै गौतमले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री नियुक्त नगरिएको विषयमा पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।

‘आज वाइडबडीको कुरा पनि प्रधानमन्त्रीज्यूलाई नै सोध्नुपर्ने भएको छ । पर्यटन क्षेत्रमा यत्रो ठूलो अराजकता छ, यत्रो ठूलो अनियमतिता छ । नेपाल बायुसेवा निगमले करोडौं घाटा व्यहोरिरहनु परेको छ, प्रधानमन्त्री ज्यू आफैंले ठेक्का लिएर बस्नुभा’छ ’ गौतमले भने, ‘यत्रा सांसदज्यू हुनुहुन्थ्यो, कसैलाई मन्त्री बनाइदिएको भए हुन्थ्यो । जिम्मेवारी दिइदिएको भए हुन्थ्यो । मुलुकले कमसेकम बाटो लिन्थ्यो ।’

सांसद गौतमले सरकारले कनेक्टिभिटीलाई ध्यान नदिँदा पर्यटन क्षेत्रको विकास नभएको पनि टिप्पणी गरे ।

प्रकाशित मिति : ५ असार २०७६, बिहीबार  २ : १३ बजे

माथिल्लो त्रिशूली-१ को सुरुङबाट एकैदिन १३ शव निकालियो

काठमाडौं । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१

फिलिपिन्सको हाईस्कुलमा गोलीकाण्ड, दुई विद्यार्थी र बन्दुकधारीको मृत्यु

मनिला – दक्षिणी फिलिपिन्सको एक हाईस्कुलमा शुक्रबार भएको गोलीकाण्डमा दुई

स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न ऐन संशोधनको तयारी

काठमाडौं – स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा थप प्रभावकारी बनाउन

देशमा द्रुत आर्थिक वृद्धिका लागि कृषि क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल