काठमाडौं– सहकारीमार्फत ८ लाख ४६ हजार ठगेको अभियोगमा दोषी ठहर भएका व्यक्ति ३ वर्षपछि पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–७ चावहिल बस्ने रोशन श्रेष्ठ छन् ।
चावहिल शाइन बचत तथा ऋण सहकारी संस्था लिमिटेड सञ्चालन गरी ३३ लाख ८५ हजार रुपैयाँ ठगी गरेको भन्दै श्रेष्ठविरुद्ध उजुरी परेको थियो ।
सोही उजुरीका सम्बन्धमा उच्च अदालत पाटले २०७३ जेठ २५ गते श्रेष्ठविरुद्ध २ वर्ष कैद र ८ लाख ४६ हजार रुपैयाँ जरिवाना सजाय सुनाएको थियो ।
अदालतको फैसलापछि फरार रहेका श्रेष्ठलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले पक्राउ गरेको हो । बुधबार ललितपुरको कुपण्डोलबाट पक्राउ परेका श्रेष्ठलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको सिआईबीले जनाएको छ ।
प्रतिक्रिया