सहकारीमार्फत ठगी गरेर फरार रहेका रोशन ३ वर्षपछि पक्राउ | Khabarhub Khabarhub

सहकारीमार्फत ठगी गरेर फरार रहेका रोशन ३ वर्षपछि पक्राउ


५ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  सहकारीमार्फत ८ लाख ४६ हजार ठगेको अभियोगमा दोषी ठहर भएका व्यक्ति ३ वर्षपछि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–७ चावहिल बस्ने रोशन श्रेष्ठ छन् ।

चावहिल शाइन बचत तथा ऋण सहकारी संस्था लिमिटेड सञ्चालन गरी ३३ लाख ८५ हजार रुपैयाँ ठगी गरेको भन्दै श्रेष्ठविरुद्ध उजुरी परेको थियो ।

सोही उजुरीका सम्बन्धमा उच्च अदालत पाटले २०७३ जेठ २५ गते श्रेष्ठविरुद्ध २ वर्ष कैद र ८ लाख ४६ हजार रुपैयाँ जरिवाना सजाय सुनाएको थियो ।

अदालतको फैसलापछि फरार रहेका श्रेष्ठलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले पक्राउ गरेको हो । बुधबार ललितपुरको कुपण्डोलबाट पक्राउ परेका श्रेष्ठलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको सिआईबीले जनाएको छ ।

प्रकाशित मिति : ५ असार २०७६, बिहीबार  ३ : ०२ बजे

तनहुँ, गोरखा र नवलपुरका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

तनहुँ– तनहुँ, गोरखा र नवलपुरका विभिन्न स्थानीय तहमा आज विद्युत

बागमतीसहित तीन प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

चिया निर्यात ५२ प्रतिशतले बढ्यो

झापा – मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१/८२ को

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल असोज ५ गते शनिबार तदनुसार