सहकारीमार्फत ठगी गरेर फरार रहेका रोशन ३ वर्षपछि पक्राउ « Khabarhub

सहकारीमार्फत ठगी गरेर फरार रहेका रोशन ३ वर्षपछि पक्राउ


५ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  सहकारीमार्फत ८ लाख ४६ हजार ठगेको अभियोगमा दोषी ठहर भएका व्यक्ति ३ वर्षपछि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–७ चावहिल बस्ने रोशन श्रेष्ठ छन् ।

चावहिल शाइन बचत तथा ऋण सहकारी संस्था लिमिटेड सञ्चालन गरी ३३ लाख ८५ हजार रुपैयाँ ठगी गरेको भन्दै श्रेष्ठविरुद्ध उजुरी परेको थियो ।

सोही उजुरीका सम्बन्धमा उच्च अदालत पाटले २०७३ जेठ २५ गते श्रेष्ठविरुद्ध २ वर्ष कैद र ८ लाख ४६ हजार रुपैयाँ जरिवाना सजाय सुनाएको थियो ।

अदालतको फैसलापछि फरार रहेका श्रेष्ठलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले पक्राउ गरेको हो । बुधबार ललितपुरको कुपण्डोलबाट पक्राउ परेका श्रेष्ठलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको सिआईबीले जनाएको छ ।

प्रकाशित मिति : ५ असार २०७६, बिहीबार  ३ : ०२ बजे

‘नतिजा प्रक्रियामा स्पष्ट छौँ, थप जाँचका लागि समिति गठन भइसक्यो’

काठमाडौं- शिक्षामन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रियाप्रति

नागरिक लगानी कोष र तामाकोशी गाउँपालिकाबीच सम्झौता

काठमाडौं– नागरिक लगानी कोष र दोलखाको तामाकोशी गाउँपालिकाबीच नागरिक पेन्सन

झन् वैचारिक अलमल र द्विविधा : दस्तावेजमाथि न छलफल, न परिमार्जन

काठमाडौं– चितवनमा जारी सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो

असार १५ गते ७५ लाख लिटर दही खपत हुने अनुमान

काठमाडौं– नेपाल डेरी एसोसिएसनले यस वर्ष असार १५ गते राष्ट्रिय

छ पदाधिकारीका लागि ३० भन्दा बढी आकांक्षी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य