असार १५ गते ७५ लाख लिटर दही खपत हुने अनुमान « Khabarhub

असार १५ गते ७५ लाख लिटर दही खपत हुने अनुमान


११ असार २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल डेरी एसोसिएसनले यस वर्ष असार १५ गते राष्ट्रिय धान दिवसका अवसरमा ७५ लाख लिटर दही खपत हुने अनुमान गरेको छ ।

बिहीबार काठमाडौंमा दही चिउरा प्रवर्द्धन कार्यक्रमको आयोजना गर्दै एसोसिएसनले असार १५ गते राष्ट्रिय धान दिवसका अवसरमा ७५ लाख लिटर दही खपत हुने र यसबाट करिब एक अर्ब बराबरको कारोबार हुने अनुमान गरिएको जनाएको हो ।

कार्यक्रममा डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले असार १५ जस्ता मौलिक पर्वहरूले नेपाली कृषि संस्कृति र स्वदेशी उत्पादन बीचको अन्तरसम्बन्धलाई अझ बलियो बनाउने अवसर प्रदान गर्ने बताए ।

उनले स्वदेशी दुग्ध तथा दुग्धजन्य पदार्थको उत्पादन, उपभोग र प्रवर्द्धनलाई राष्ट्रिय अभियानका रूपमा अगाडि बढाउनुपर्ने आवश्यकतालाई एसोसिएसनले निरन्तर उठाइरहेको समेत बताए ।

अध्यक्ष दाहालले किसानले उत्पादन गरेको दूधको उचित मूल्य, समयसँगै भुक्तानी तथा दुग्ध उद्योगको दिगो विकास सुनिश्चित गर्न सम्बन्धित सबै निकायबीच समन्वय र सहकार्यको अझ बढी आवश्यकता रहेको धारणा राखे । नेपाली समाजमा हरेक वर्ष असार १५ गते दही चिउरा खाने प्रचलन रहँदै आएको छ । 

प्रकाशित मिति : ११ असार २०८३, बिहिबार  ५ : ५७ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र