असार १५ गते ७५ लाख लिटर दही खपत हुने अनुमान « Khabarhub

असार १५ गते ७५ लाख लिटर दही खपत हुने अनुमान


११ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल डेरी एसोसिएसनले यस वर्ष असार १५ गते राष्ट्रिय धान दिवसका अवसरमा ७५ लाख लिटर दही खपत हुने अनुमान गरेको छ ।

बिहीबार काठमाडौंमा दही चिउरा प्रवर्द्धन कार्यक्रमको आयोजना गर्दै एसोसिएसनले असार १५ गते राष्ट्रिय धान दिवसका अवसरमा ७५ लाख लिटर दही खपत हुने र यसबाट करिब एक अर्ब बराबरको कारोबार हुने अनुमान गरिएको जनाएको हो ।

कार्यक्रममा डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले असार १५ जस्ता मौलिक पर्वहरूले नेपाली कृषि संस्कृति र स्वदेशी उत्पादन बीचको अन्तरसम्बन्धलाई अझ बलियो बनाउने अवसर प्रदान गर्ने बताए ।

उनले स्वदेशी दुग्ध तथा दुग्धजन्य पदार्थको उत्पादन, उपभोग र प्रवर्द्धनलाई राष्ट्रिय अभियानका रूपमा अगाडि बढाउनुपर्ने आवश्यकतालाई एसोसिएसनले निरन्तर उठाइरहेको समेत बताए ।

अध्यक्ष दाहालले किसानले उत्पादन गरेको दूधको उचित मूल्य, समयसँगै भुक्तानी तथा दुग्ध उद्योगको दिगो विकास सुनिश्चित गर्न सम्बन्धित सबै निकायबीच समन्वय र सहकार्यको अझ बढी आवश्यकता रहेको धारणा राखे । नेपाली समाजमा हरेक वर्ष असार १५ गते दही चिउरा खाने प्रचलन रहँदै आएको छ । 

प्रकाशित मिति : ११ असार २०८३, बिहीबार  ५ : ५७ बजे

जिम्बाब्वेमा मिनीबस र ट्रक ठोक्किँदा २७ जनाको मृत्यु

एजेन्सी– दक्षिणी अफ्रिकी मुलुक जिम्बाब्वेमा चर्चका सदस्य बोकेको मिनीबस र

निगमले हवाई उद्धारका लागि ४० हजार ८४० लिटर हवाई इन्धन पठायो

काठमाडौं– नेपाल आयल निगमले भोटेकोशी नदीमा बाढी गएपछि खोज तथा

बाढीबारे थाहा नदिएको आरोपबारे चिनियाँ दूतावासको स्पष्टीकरण, ‘महत्त्वपूर्ण सूचना नेपाललाई समयमै दिएका छौं’

काठमाडौं– रसुवाको हिमाली क्षेत्रमा आएको पहिरो तथा बाढीको जोखिमबारे नेपाललाई

नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने

नवलपुर– रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित बनेकाहरूका लागि

नेपाल टेलिकमको त्रिशूली थ्रीए साइट पुनः सञ्चालनमा

काठमाडौं– नेपाल टेलिकमले रसुवाको त्रिशूली थ्रीए जलविद्युत् आयोजनासँगै रहेको टावरमार्फत