विकास बोर्डले १० चलचित्रकर्मीलाई सम्मान गर्ने « Khabarhub

विकास बोर्डले १० चलचित्रकर्मीलाई सम्मान गर्ने


५ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र विकास बोर्डले १९ औँ वार्षिकोत्सवको अवसर पारेर नेपाली चलचित्र क्षेत्रमा योगदान पुर्‍याएका १० जना चलचित्रकर्मीलाई सम्मान गर्ने घोषणा गरेको छ । बोर्डले बुधवार एक विज्ञप्ति जारी गर्दै चलचित्र क्षेत्रमा विशेष योगदान पुर्‍याएका १० चलचित्रकर्मीलाई आउँदो असार १६ गते सम्मान गर्ने जनाएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘स्थापनाकालदेखि अहिलेसम्म विभिन्न क्षेत्रमा योगदान पु–याएका १० जना चलचित्रकर्मीलाई ‘चलचित्रकर्मी विशेष योगदान सम्मान–२०७६’ बाट सम्मानित गरिने भएको छ ।’

यस्तो सम्मानले चलचित्र क्षेत्रमा योगदान पु–याएका चलचित्रकर्मीलाई प्रोत्साहन मिल्ने बोर्डको विश्वास छ । तर को को कलाकारलाई सम्मान गर्ने भन्ने अझै टुङ्गो लागेको छैन । बोर्डले विकास बोर्डका सदस्या श्री दयाराम दाहालको संयोजकत्वमा सम्मानका लागि चलचित्रकर्मी चयन कार्य शुरु गरेको जनाएको छ ।

प्रकाशित मिति : ५ असार २०७६, बिहीबार  ३ : ५० बजे

जसपाले लुम्बिनीका चार प्रदेश सांसदसहित दर्जनौं नेता-कार्यकर्तालाई गर्‍यो निष्कासन

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको नीति, सिद्धान्त, विधान

बागमतीमा आशा लामासहित पाँच राप्रपा सांसदलाई राप्रपाको स्पष्टीकरण, ह्विप उल्लंघन गरेको आरोप

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बागमती प्रदेश संसदीय दलले

रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार

मोरङ– भोटेकोशी बाढीमा परी अनोज धमला बेपत्ता भएपछि उनको परिवारसहित

ट्रम्पसमर्थित निर्वाचन नक्साबारे मिसौरी सर्वोच्च अदालतमा

वासिङ्टन- मिसौरी राज्यले आगामी मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पसमर्थित नयाँ

बोलिभियाको सैन्य परिसरमा विस्फोट, दुई जनाको मृत्यु, ८१ घाइते

वियाचा- बोलिभियाको एक सैन्य परिसरमा शुक्रबार भएका दुई छुट्टाछुट्टै विस्फोटमा कम्तीमा