कम तलबमा साउदीमा कामदार नल्याउन म्यानपावरलाई दूतावासको आग्रह « Khabarhub

कम तलबमा साउदीमा कामदार नल्याउन म्यानपावरलाई दूतावासको आग्रह


५ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साउदी अरवस्थित नेपाली राजदूतावासले सरकारले तोकेकोभन्दा कम तलब सुविधामा रोजगारीका लागि साउदी कामदार नल्याउन म्यानपावर कम्पनीलाई सचेत गराएको छ ।

नेपाल सरकारले तोकेभन्दा कम तलबका डिमाण्डमा कामदार म्यानपावर कम्पनीले पठाउने थालेको भन्दै दूतावासले व्यवसायीलाई यस्तो आग्रह गरेको छ ।

दुतावासले व्यवसायीहरु वीच हुने अस्वस्थ प्रतिष्पर्धाका कारण कामदारहरु न्यूनतम पारिश्रमिकको समस्याको जोखिममा पर्नसक्ने सम्भावना रहेको भन्दै नेपाल सरकारको निर्णय अनुरुप सेवा शुल्क लागू भएका कम्पनीमा मात्र कामदार पठाउन आग्रह गरेको छ।

सरकारले २०७५ आश्विन १९ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरि रोजगारीको लागि साउदी अरब जाने कामदारको हकमा न्यूनतम पारिश्रमिक तोकेको थियो ।

साउदी रोजगारीका जाने कामदारको हकमा पारिश्रमिक साउदी रियाल १ हजार रियाल र खानाको लागि साउदी रियाल ३ सय अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको थियो । तर, पछिल्लो समय साउदी सरकारले भने न्युनतम ८ सय बेसिक र खाना २ सय साउदी रियाल तलबमा कामदार पठाउने थालेका छन् ।

साउदी अरवमा नेपाली कामदारहरु पठाउने सम्बन्धी मागपत्र प्रमाणिकरणका लागि नेपाली राजदूतावास, रियादमा इजाजतपत्रवाला म्यानपावर व्यवसायीहरुले आफ्ना प्रतिनिधिको परिचयपत्र पनि खुलाउनुपर्ने भएको छ ।

वैदेशिक रोजगार विभागले जारी गरेको फोटो सहितको परिचयपत्र र सम्बन्धित म्यानपावर कार्यालयले जारी गरेको अधिकारपत्र सहित पठाउन दुतावासले व्यवसायीलाई अपलि गरेको छ । परिचयपत्र नभएका म्यानपावर कम्पनीको काम रोक्ने दूतावासले जनाएको छ ।

प्रकाशित मिति : ५ असार २०७६, बिहीबार  ५ : ३६ बजे

पैसा नभएकै कारण गर्भवतीलाई अस्पतालबाट फर्काइएको घटनाले बुबाको सम्झना आयो : सांसद अधिकारी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद लिमा अधिकारीले सप्तरीमा पैसाको अभावमा गर्भवती

प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता

 काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह र न्युजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच टेलिफोन वार्ता

पाठ्यक्रम परिमार्जन : पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्म सुझाव

भक्तपुर –राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित

राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमको स्रोत सामग्री उत्पादन लक्ष्यभन्दा बढी

दमौली- बन्दीपुरस्थित राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रले आर्थिक वर्ष २०८२/८३ मा विभिन्न

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

काठमाडौं- भोटेकोशी बाढीबाट प्रभावितको स्वास्थ्य उपचार तथा आवश्यक स्वास्थ्य सामग्री व्यवस्थापनका