विश्वकप क्रिकेट : अस्ट्रेलिया र बंगलादेशबीचको खेल वर्षाले प्रभावित « Khabarhub

विश्वकप क्रिकेट : अस्ट्रेलिया र बंगलादेशबीचको खेल वर्षाले प्रभावित


५ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत अस्ट्रेलिया र बंगलादेशबीचको  जारी खेल बर्षाले प्रभावित भएको छ ।

४९ औं ओभरको खेल जारी रहँदा वर्षा भएपछि खेल रोकिएको हो । अस्ट्रेलियाका लागि ओपनिङ ब्याट्सम्यान डेभिड वार्नरले आक्रामक ब्याटिङ गर्दा अस्ट्रेलियाले बंगलादेशविरुद्ध ३६८ रन बनाएको छ ।

ट्रेन्ट ब्रिजमा भइरहेको खेलमा अस्ट्रेलियाले निर्धारित ४९ ओभर खेल्दै ५ विकेट गुमाएर ३६८ रन बनाएको हो । अस्ट्रेलियाका लागि वार्नरसहित ३ ब्याट्सम्यानले अर्धशतक बनाए । वार्नरले १४ चौका र ५ छक्काको मद्दतमा १६६ रन बनाए । यस्तै, उस्मान ख्वाजाले ७२ बलमा १० चौकाको मद्दतमा ८९ रन बनाउँदा कप्तान आरोन फिन्चले ५३ रन बनाए ।

चौथो विकेटका रुपमा मैदान छिरेका अलराउण्डर ग्लेन म्याक्सवेलले आक्रामक ब्याटिङ गर्दै १० बलमा ३२ रनको योगफल बनाए ।अस्ट्रेलियाविरुद्ध बंगलादेशका बलरहरुलाई पहिलो तीन विकेट लिन निकै संघर्ष गर्नु पर्‍यो । बंगलादेशका लागि सोम्य सरकारले ३ विकेट लिए भने मुस्तफिजुर रहमानले १ विकेट लिए ।

प्रकाशित मिति : ५ असार २०७६, बिहीबार  ७ : ०३ बजे

निर्वाचन आयोगले भन्यो : चुनाव प्रचारमा भौतिक स्वरूपका चुनाव चिह्न प्रयोग नगर्नू

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को

मधेश बलियो भए मात्रै मुलुकमा सङ्घीयता सुरक्षित रहन्छ : यादव

सप्तरी – जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा

मापदण्ड बमोजिम निर्वाचन प्रचारप्रसार गर्न गराउन आयोगको अनुरोध

काठमाडाैं – निर्वाचन आयोगले तोकिए बमोजिमको मापदण्डबमोजिम दलको झन्डा र

धनगढीभित्रको सडक क्षेत्राधिकार आठ मिटर कायम

सुदूरपश्चिम- धनगढी उपमहानगरपालिकाले सडक क्षेत्राधिकार १० मिटरबाट घटाएर पुनः आठ

भारतको खराब सुरुवात, पावर प्लेमा नै गुमायो तीन विकेट

काठमाडौं – आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर–८ चरणको खेलमा