विश्वकप क्रिकेट : अस्ट्रेलिया र बंगलादेशबीचको खेल वर्षाले प्रभावित | Khabarhub Khabarhub

विश्वकप क्रिकेट : अस्ट्रेलिया र बंगलादेशबीचको खेल वर्षाले प्रभावित


५ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत अस्ट्रेलिया र बंगलादेशबीचको  जारी खेल बर्षाले प्रभावित भएको छ ।

४९ औं ओभरको खेल जारी रहँदा वर्षा भएपछि खेल रोकिएको हो । अस्ट्रेलियाका लागि ओपनिङ ब्याट्सम्यान डेभिड वार्नरले आक्रामक ब्याटिङ गर्दा अस्ट्रेलियाले बंगलादेशविरुद्ध ३६८ रन बनाएको छ ।

ट्रेन्ट ब्रिजमा भइरहेको खेलमा अस्ट्रेलियाले निर्धारित ४९ ओभर खेल्दै ५ विकेट गुमाएर ३६८ रन बनाएको हो । अस्ट्रेलियाका लागि वार्नरसहित ३ ब्याट्सम्यानले अर्धशतक बनाए । वार्नरले १४ चौका र ५ छक्काको मद्दतमा १६६ रन बनाए । यस्तै, उस्मान ख्वाजाले ७२ बलमा १० चौकाको मद्दतमा ८९ रन बनाउँदा कप्तान आरोन फिन्चले ५३ रन बनाए ।

चौथो विकेटका रुपमा मैदान छिरेका अलराउण्डर ग्लेन म्याक्सवेलले आक्रामक ब्याटिङ गर्दै १० बलमा ३२ रनको योगफल बनाए ।अस्ट्रेलियाविरुद्ध बंगलादेशका बलरहरुलाई पहिलो तीन विकेट लिन निकै संघर्ष गर्नु पर्‍यो । बंगलादेशका लागि सोम्य सरकारले ३ विकेट लिए भने मुस्तफिजुर रहमानले १ विकेट लिए ।

प्रकाशित मिति : ५ असार २०७६, बिहीबार  ७ : ०३ बजे

बागमती प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं– बागमती प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ

बाँकेमा पाँच हजार हेक्टर वन क्षेत्रमा डढेलो

नेपालगञ्ज– बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच हजार

इटालियन सिरी ए : रोमा र युभेन्टसले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र युभेन्टसले बराबरी खेलेका

एस्टन भिल्लामाथि ब्राइटनको जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनसँग एस्टन भिल्ला पराजित भएको

हमास-इजरायल द्वन्द्व : युद्ध विरामको माग बढ्दै

इजरायलको तेल अभिभमा हजारौँको प्रदर्शन भयो। प्रदर्शनकारीको एउटै माग थियो।