विश्वकप क्रिकेटमा अस्ट्रेलियाले दियो बंगलादेशलाई ३८२ रनको विशाल लक्ष्य « Khabarhub

विश्वकप क्रिकेटमा अस्ट्रेलियाले दियो बंगलादेशलाई ३८२ रनको विशाल लक्ष्य


५ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको जारी खेलमा अस्ट्रेलियाले बंगलादेशलाई ३८२ रनको विशाल लक्ष्य दिएको छ ।

४९ औं ओभरको खेल जारी रहँदा वर्षाले केहीबेर प्रभावित भएको खेलमा अस्ट्रेलियाका लागि ओपनिङ ब्याट्सम्यान डेभिड वार्नरले आक्रामक ब्याटिङ गर्दा अस्ट्रेलियाले बंगलादेशविरुद्ध निर्धारित ओभरमा ५ विकेट गुमाएर ३८१ रनको योगफल बनायो ।

ट्रेन्ट ब्रिजमा जारी खेलमा अस्ट्रेलियाका लागि वार्नरसहित ३ ब्याट्सम्यानले अर्धशतक बनाए । वार्नरले १४ चौका र ५ छक्काको मद्दतमा १६६ रन बनाए । यस्तै, उस्मान ख्वाजाले ७२ बलमा १० चौकाको मद्दतमा ८९ रन बनाउँदा कप्तान आरोन फिन्चले ५३ रन बनाए ।

चौथो विकेटका रुपमा मैदान छिरेका अलराउण्डर ग्लेन म्याक्सवेलले आक्रामक ब्याटिङ गर्दै १० बलमा ३२ रनको योगफल बनाए । अस्ट्रेलियाविरुद्ध बंगलादेशका बलरहरुलाई पहिलो तीन विकेट लिन निकै संघर्ष गर्नु पर्‍यो । बंगलादेशका लागि सोम्य सरकारले ३ विकेट लिए भने मुस्ताफिजुर रहमानले १ विकेट लिए ।

प्रकाशित मिति : ५ असार २०७६, बिहीबार  ७ : ३७ बजे

परराष्ट्रमन्त्री खनालद्वारा समुद्री पहुँच र सम्बन्ध विस्तारमा जोड

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले ‘नवौँ हिन्द महासागर सम्मेलन’ले नेपाललाई

सभामुख अर्यालसँग यूएनडीपी प्रतिनिधिको भेट

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग संयुक्त राष्ट्रसङ्घीय  विकास कार्यक्रम (यूएनडीपी)

राजनीतिक उतारचढाव र संकटबीच स्वास्थ्य : कस्तो रह्यो एक वर्ष ?

काठमाडौं- आर्थिक वर्षको सुरुवातमै ’जेन-जी’ आन्दोलनको राप झेलेको स्वास्थ्य तथा

गृहमन्त्री र चिनियाँ राजदूत माओमिङबीच भेट, द्विपक्षीय सहकार्यको सहमति

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जनवादी गणतन्त्र चीनका