तल्लो मोदी जलविद्युत् आयोजनाका कर्मचारी आन्दोलित « Khabarhub

तल्लो मोदी जलविद्युत् आयोजनाका कर्मचारी आन्दोलित


४ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत- पर्वतमा निर्माणाधिन २० मेगावाट क्षमताको तल्लो मोदी जलजविद्युत् आयोजनामा कर्मचारी र आयोजनाबीच फेरी विवाद शुरु भएको छ ।

सहमति विपरीत आयोजना प्रवद्र्धक मोदी इनर्जी लिमिटेडले नयाँ विज्ञापन खुलाएपछि कर्मचारी र आयोजनाका बीचमा विवाद शुरु भएको हो । कर्मचारी स्थायी गर्ने विषयमा असार ९ गते दुवै पक्षबीचमा भएको सहमति उल्लङ्घन गर्दै व्यवस्थापनले नयाँ विज्ञापन गरेपछि कर्मचारीले आन्दोलनको घोषणा गर्दै काम बन्द गर्ने चेतावनी दिएका छन् ।

जिल्ला प्रशासन कार्यालयको पहल तथा प्रतिनिधिसभाका सदस्य पदम गिरीको उपस्थितिमा आन्दोलनरत् कर्मचारी र व्यवस्थापनका बीचमा २३ पदमा विज्ञापन खुलाउने र कार्यरत कर्मचारीलाई प्राथमिकता दिने सहमति भएपछि तीन हप्तादेखि रोकिएको निर्माण कार्य सञ्चालन भएको थियो । तर मोदी इनर्जी प्रालिले बिहीबार खुलाएको विज्ञापनमा कार्यरत कामदारले आवेदन दिने पद नै नराखिएपछि उनीहरु आन्दोलनमा उत्रेका हुन् ।

जिल्ला प्रशासन कार्यालयमा भएको वार्ताका क्रममा आयोजनाको शुरुआतदेखि नै कार्यरत कर्मचारीलाई खुल्ला प्रतिष्पर्धामा भाग लिन दिने र बिदा हुन चाहने कर्मचारीलाई प्रोत्साहन रकम दिने विषयमा सहमति भएको छ । आयोजनाको विद्युत् उत्पादनपछि २३ जनाको दरबन्दीमा खुल्ला विज्ञापन आह्वान गर्ने तथा ४० वर्ष नाघेका कामदारलाई एकलाख १५ हजारका दरमा प्रोत्साहन रकम दिएर बिदा गर्ने सहमति भएको थियो ।

अहिले २३ पदमा विज्ञापन खुलाइएपनि कार्यरत कर्मचारीले आवेदन दिन नसक्ने र सबैजसो पदमा प्राविधिक पद भएकाले सहमति उल्लङ्घन भएको कर्मचारी सौरभ पौडेलले बताए।

प्रकाशित मिति : ४ श्रावण २०७६, शनिबार  ८ : २५ बजे

दही–चिउरा खाने पर्व असार १५ : भक्तपुरमा ‘जुजु धौ’ उत्पादनमा व्यस्त व्यवसायी (तस्बिरहरू)

भक्तपुर– दही–चिउरा खाने पर्वका रूपमा मनाइने असार १५ को अवसरमा

८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट

चितवन– भरतपुर अस्पताल न्यूनतम सेवा मापदण्ड (एमएसएस) मा उत्कृष्ट भएको

राष्ट्रिय स्तरको पहिलो परम्परागत खेल महोत्सव सम्पन्न

काठमाडौँ – नेपाली मौलिक तथा परम्परागत खेलको संरक्षण, प्रवर्द्धन र

विश्वकप: अन्तिम १६ मा पुग्ने पहिलो देश बन्यो क्यानडा

काठमाडौँ – क्यानडाले फिफा विश्वकपको इतिहासमा पहिलो पटक नकआउट चरणको

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक