कुबेतमा बिचल्लीमा परेकी महिला नेपाल फिर्ता « Khabarhub

कुबेतमा बिचल्लीमा परेकी महिला नेपाल फिर्ता


४ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दलालको प्रलोभनमा परी कुवेतमा बिचल्लीमा परेकी नुवाकोट, महाकाली गाउँपालिका (साबिक) वडा नं ८ की अनु तामाङलाई नेपाल फर्काइएको छ ।

राम्रो काम लगाइदिने आशमा ६ महिनाअघि दलालको फन्दामा परी भारत हुँदै कुबेत पुगेकी तामाङ आफूले केही दिनअघि शारीरिक तथा मानसिक यातना भोगिरहनु परेको गुनासो सामाजिक सञ्जालमार्फत गरेपछि सरकारले नेपाल फिर्ता प्रक्रिया अगाडि बढाएको थियो ।

तामाङलाई शुक्रबार बिहान ११ बजे एयरअरबिया एयरलायन्सबाट नेपाल फर्काइएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी सह–सचिव रुद्रादेवी शर्माले जानकारी दिए ।

पीडित तामाङले घरमा काम गर्ने साहुले नै बन्धक बनाएर कुटपिट गर्दै यातना दिने गरेको बताएपछि परराष्ट्र मन्त्रालय, महिला मन्त्रालय, वैदेशिक रोजगार विभागलगायत सम्बन्धित निकायले पहल शुरु गरेका थिए । अहिले अनुलाई छोरी सलिनाको जिम्मा लगाइएको छ ।

पछिल्लो समयमा यसरी गैरकानूनी रुपमा विभिन्न प्रलोभनमा विदेश जाने र बिचल्लीमा परेपछि सरकारलाई हारगुहार गर्ने प्रचलन बढ्दै गएको छ । महिला मन्त्रालयका अनुसार चालू आर्थिक वर्षमा मात्रै भारत, म्यान्मा, कुबेत र साउदी अरब लगायतका देशमा मानव बेचबिखन तथा ओसारपसारमा परेका ३११ जना व्यक्तिलाई उद्धार गरी नेपाल फिर्ता गरिएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७६, शनिबार  ९ : १२ बजे

सम्पर्कविहीनको खोजी अन्तिमसम्म जारी रहन्छ’ : प्रधानमन्त्री शाह

काठमाडौं – भदौ १० गते आएको भीषण बाढीपछि रसुवा र

भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको

रसुवाबाट सुत्केरी र नवजात शिशुको हवाई उद्धार

काठमाडौं – रसुवाको आमाछोदिङमो गाउँपालिका-३, गत्लाङकी २९ वर्षीया फुर्पुयामो तामाङ

सामूहिक प्रयासबाट देश छिट्टै संकटबाट बाहिरिने छ : मन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सरकार, सरोकारवाला निकाय