त्रिवि शिक्षण अस्पतालमा दोस्रो पटक कलेजोको सफल प्रत्यारोपण « Khabarhub

त्रिवि शिक्षण अस्पतालमा दोस्रो पटक कलेजोको सफल प्रत्यारोपण


४ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- त्रिवि शिक्षण अस्पतालमा दोस्रो पटक कलेजोको सफल प्रत्यारोपण भएको छ। ४४ वर्षको व्यक्तिमा अस्पतालले कलेजको सफल प्रत्यारोपण गरेको हो ।

यो शल्यक्रियाका लागि भारतको फोर्टिज अस्पतालका डा विवेक भिजको नेतृत्वमा टोली नेपाल आएका थिए। उनीहरुकै सहयोगमा कलेजो प्रत्यारोपण गरिएको कलेजको प्रत्यारोपण सर्जन डा रमेशसिंह भण्डारीले जानकारी दिए।

कलेजोको प्रत्यारोपण गर्ने टोलीमा डा. विवेक र भण्डारीसहित डा. पलेस्वाँ लाखे जोशी, डा. सुमिता प्रधान, डा. विष्णु कँडेल, डा. सुजन श्रेष्ठ, डा. नरेन्द्र महर्जन, आइसियुका प्रमुख डा. सुवास आचार्य, डा. प्रमेश सुन्दर श्रेष्ठलगायतको टीम थियो ।

यसअघि अस्पतालमा गत जेठ १७ गते पहिलो पटक कलेजको प्रत्यारोपण भएको थियो। उनीहरु अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। ५८ वर्षीय बुबालाई ३३ वर्षीय छोरीले कलेजो प्रदान गरेकी थिइन्। अहिले भने ४४ वर्षका व्यक्तिमा उनका २८ वर्षिय आफन्तले कलेजको दान गरेका थिए।

पहिलो शल्यक्रियाका लागि भारतको एपोलो अस्पतालबाट डा निरभ गोयलको नेतृत्वमा टोली नेपाल आएका थिए।

प्रकाशित मिति : ४ श्रावण २०७६, शनिबार  १० : १४ बजे

सुनकोशी नदीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार