धर्म, संस्कृतिको संरक्षणमा सरकारलाई साना दलको दबाब, गरे आन्दोलनको घोषणा « Khabarhub

धर्म, संस्कृतिको संरक्षणमा सरकारलाई साना दलको दबाब, गरे आन्दोलनको घोषणा


४ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मुलुकको धर्म र संस्कृतिको संरक्षण गर्न सरकारलाई दबाब दिन विभिन्न साना राजनीतिक दलहरुले संयुक्त आन्दोलनको घोषणा गरेका छन् ।

बाम–प्रजातान्त्रिक दुवै धारको राजनीति गर्दै आएका साना राजनीतिक दलहरुले मुलुकको धर्म र संस्कृतिमाथि बाह्य दबाब रोक्न सरकारसँग माग गर्दै शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन् ।

मुलुकमा नेपालीको पहिचान मेटिने गरी हुन थालेको बाह्य हस्तक्षेपलाई रोक्न सरकारसँग माग गर्दै संयुक्त राष्ट्रिय आन्दोलनको कार्यक्रम घोषणा गर्नु परेको नेकपा (माले) का महासचिव सिपी मैनालीले जानकारी दिए । ‘संयुक्त राष्ट्रिय आन्दोलन’ नाम दिइएको समूहमा मैनाली नेतृत्वको नेकपा माले, हरिबोल भट्टराई नेतृत्वको नेपाली काँग्रेस (विपी), देवीप्रसाद ओझा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक मञ्चलगायतका नौं वटा राजनीतिक दलहरु आबद्ध रहेका छन् ।

देशलाई आन्तरिक तथा बाह्य हस्तक्षेप हुन नदिन सरकारलाई दबाब दिन पनि आफूहरुले संयुक्त आन्दोलन सुरु गरेको पनि नेकपा मालेका महासचिव मैनालीको भनाई छ ।

नेपाली काँग्रेस (विपी)का उपसभापति झलक वाग्लेले संघीयताको नाममा मुलुकको पहिचान मेटाउने खालका सबै गतिविधि बन्द गराउन सरकारलाई दबाब दिन आफूहरु संयुक्त आन्दोलनमा होमिएको बताएका छन् ।

उनले नागरिकता जथाभावी वितरण गरिएकाले त्यसको छानविनका लागि न्यायिक आयोग तत्काल गठन गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

समूहले बाढी, पहिरो र डुबानबाट पीडितलाई राहत तथा उद्दार गर्न सरकार गम्भिर नभएको भन्दै आक्रोश पनि व्यक्त गरेको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७६, शनिबार  ४ : ०६ बजे

उस्तै छ भविष्य खोज्न विदेशिनेको लर्को (तस्बिरहरू)

काठमाडौं– देशमा नयाँ सरकार आए पनि विदेशिने युवाहरूको लर्को उस्तै

बुढानीलकण्ठ विद्यालय प्रकरणमा विद्यालय र अभिभावक संगठनको स्पष्टीकरण, भ्रामक प्रचार नगर्न आग्रह

काठमाडौं– बुढानीलकण्ठ विद्यालयमा विद्यार्थीमाथि शारीरिक तथा मानसिक यातना दिइएको भन्ने

कृषि उत्पादन वृद्धि गरी आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कृषि उत्पादन वृद्धि गरी

जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण आवश्यक : राष्ट्रपति

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी

नेपाल–चीनबीचको सहकार्य र आपसी विश्वासलाई अझ सुदृढ बनाउने छ : पर्यटनमन्त्री श्रेष्ठ

काठमाडौं– वागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले अन्तर्राष्ट्रिय उत्कृष्ट सांस्कृतिक