साउन महिनामा किन माछामासु खानु हुन्न ? यस्तो छ वैज्ञानिक कारण | Khabarhub Khabarhub

साउन महिनामा किन माछामासु खानु हुन्न ? यस्तो छ वैज्ञानिक कारण


४ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धार्मिक आस्था राख्नेहरुका लागि साउन महिना विशेष महिनाको रुपमा रहने गर्छ । यो महिना केही धार्मिक पर्वहरु पनि पर्छन्

यो साउने संक्रान्तिको महिना हो । यो बोलबमको महिना हो । भगवान शिवको आरधानाको महिना हो । उपवासको महिना हो । पूर्वीय दर्शन अनुसार साउन महिनामा भगवान शिवको आरधना गर्ने, उपवास बस्ने, शिवलिङ्गमा जल अर्पण गर्ने गरिन्छ ।

धार्मिक मान्यता के छ भने, साउनको सोमबार व्रत बस्ने र शिवलिङ्गमा जल चढाउनाले घरमा सुख समृद्धि मिल्छ । भलै अहिलेका पुस्तालाई यी कुरा भलै धार्मिक आडम्बर लाग्न सक्छ । वा यो केवल परम्परा मात्र लाग्न सक्छ । तर, धार्मिक परम्परासँग जोडिएर आएका यी कुराहरुसँग विज्ञान पनि जोडिएर आएको छ ।

साउन महिनामा किन शिवको पूजा गरिन्छ, किन उपवास बसिन्छ, किन बोलबम धाउने गरिन्छ ? यी सबैको वैज्ञानिक तर्क दिन सकिन्छ । साउन महिना, जो मध्य बर्षायामसँगै जोडिएर आउँछ ।

असारको चटारो सक्न नभ्याउँदै साउन महिना आउँछ । यतिबेला खेती किसानी गर्नेहरुले बालीनाली लगाएर विश्राम लिने बेला हुन्छ ।

तपाई, हामीलाई थाहै छ, हाम्रो देश कृषिमा आधारित छन् । धेरैजसो जन–जीविका खेतीपातीबाटै धानिएको छ । खेतीको कुरा जोड्नुको अर्थ के भने, साउन महिना किसान बर्गका लागि पनि विशेष हो ।

खेतीपातीको चटारोबाट विश्राम लिएर मनलाई धर्मकर्ममा लगाउने बेला हो यो । धार्मिक आस्थाको रुपमा मात्र होइन, हाम्रो जीवन पद्धतीसँग जोडिएका कुरा हुन् यी ।

किन व्रत बस्ने ?

साउनमा व्रत एवं उपवास बस्ने भनेको भगवानलाई खुसी तुल्याउनका लागि मात्र होइन । वा आफ्नो मनोकांक्षा पुरा गराउन मात्र होइन । यी त आस्थाका कुरा भए ।

विज्ञानको कुरा अर्कै छ । भनिन्छ, बर्खायाममा हाम्रो पाचन यन्त्र कमजोर हुन्छ । पानीलगायत विभिन्न खाद्य पदार्थको कारण पेटमा जीवाणु फैलने र झाडापखला लाग्ने संभावना हुन्छ । अर्कोतिर हाम्रो शरीरको प्रतिरक्षा प्रणाली पनि कमजोर हुन्छ । यसबेला उपवास बस्दा शरीरलाई फाइदा गर्छ ।

हामीले देखे, सुनेकै कुरा हो, झाडापखलाको संक्रमण यही महिनामा बढी फैलने गर्छ । त्यसैले वर्षायाममा हेपाटाइटिस, हैजा, ग्यास्ट्राइटिस, र विभिन्न भाइरल रोगहरु देखापर्छ । वर्षा र ओसिलो मौसमले यस्ता संक्रमण फैलने भय दोब्बर बढाइदिन्छ । यस्तो अवस्थामा खानपानप्रति सर्तक हुनैपर्छ ।

यो संस्कारको विकास किन भयो होला भनेर अनुमान गर्ने अर्को पाटो पनि छ । हामी खेती किसानीमा आश्रति छौं । यतिबेला अन्नबाली लगाइसकेको बेला हो । र, भकारी रित्तिने बेला पनि । पूर्खाहरुले यसबेला खाद्य संकट पनि भोगे होलान् । त्यसैले अन्नपात जगेडाका लागि पनि उपवास एउटा राम्रो विकल्प हुनसक्छ ।

किन माछामासु नखाइएको होला ?

साउनमा धेरैले माछामासु खाँदैनन् । कतिले सोमबार अन्न समेत खाँदैनन् । यसको आफ्नै धार्मिक तर्क छ । तर, यससँग धार्मिक तर्कमात्र जोडिएको छैन, वैज्ञानिक तर्क पनि छ । माथि पनि उल्लेख गरियो यो सिजनमा संक्रमणको भय अधिक रहन्छ । र, मासुजन्य परिकारमा संक्रमणको बढी संभावना हुन्छ ।

मासुमंसमा जीवाणु फैलने । कुहिने, सड्ने हुन्छ । त्यही कारण यसबेला मासुमंस त्यती हितकर मानिदैन । वर्षायाम भनेको धेरै जसो पानीमा पाइने जीवहरुको प्रजननको महिना हो ।

पहिलेको जमानामा माछालाई व्यावसायीक रुपमा छुट्टै पोखरीमा पाल्ने र खानको लागि प्रयोग गर्ने चलन थिएन । प्राकृतिक नदीहरु र खोलामा पाइने सिमित माछाहरु प्रजनन् महिनामा खाइदिएमा अर्को वर्ष माछाको संख्या घट्ने वा लोप नै हुने डर हुन्थ्यो । त्यसैले माछामासु खानमा नियन्त्रण गरिएको हुनुपर्छ ।

कस्तो खानपान उपयुक्त ?

यसबेला सात्विक भोजन एवं हल्का, सुपाच्य खानेकुरा खानुपर्ने प्रचलन छ । यतिबेला उपवास बस्ने चलन पनि छ । यसले पनि पाचन यन्त्रलाई राहात दिन्छ । साउनमा खीरलगायत दुधजन्य परिकार खाने गरिन्छ ।

प्रकाशित मिति : ४ श्रावण २०७६, शनिबार  ५ : ०५ बजे

गाउँबाट फर्केपछि

उ गाउँ हेरेर शहर फर्किएको छघरभरी लागेका माकुराका जालोउम्रिरहेका वनमाराका

पत्रकारिताको विकासले पारदर्शिता सुनिश्चित गर्छ : स्वास्थ्यमन्त्री

डुम्रे– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पत्रकारिताको विकासले पारदर्शिता सुनिश्चित

विद्युत् चुहावट १२ प्रतिशतमा झर्‍यो

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले चुहावटलाई उल्लेख्य रूपमा घटाउन सफल भएको

खोलानालामा आवश्यक वातावरणीय बहाव कम भएकामा जलस्रोतविद्हरूको चिन्ता

काठमाडौं – जलविद्युत् वा सिँचाइका लागि नदी तथा खोलाको पानी

क्यालिफोर्निया आगलागीमा लुटपाट बढेपछि कर्फ्यु

क्यालिफोर्निया– अमेरिकी राज्य क्यालिफोर्नियामा भएको आगलागी ५ दिन बितिसक्दा पनि