गैरसरकारी संस्था ‘लगामबिनाका घोडा’, सीमास्तम्भको सुरक्षामा ध्यान कहिले ? « Khabarhub

गैरसरकारी संस्था ‘लगामबिनाका घोडा’, सीमास्तम्भको सुरक्षामा ध्यान कहिले ?


८ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियारले पाठकमाथि कारबाही थाल्यो शीर्षकमा आजको राजधानी दैनिकले समाचार छापेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस प्रकरणमा मुछिएका पूर्व आयुक्त राजनारायण पाठकलाई कारबाही गर्नका लागि अनुसन्धान गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।

त्यसैगरी काठमाडौंमा जामले सास्ती क्याप्सन सहितको जमलको सडकमा गाडीहरुको जामको फोटो छापेको छ । त्यस्तै सर्वोच्चका न्यायाधीश जोशीले दिए राजिनामा शीर्षकमा अर्को समाचार छापेको छ भने पहिलो पृष्ठमै गैरसरकारी संस्था ‘लगामबिनाका घोडाजस्ता’ शीर्षकमा अर्को समाचार छापेको छ ।

मुलुकको विकास, जनताको आयस्तरमा वृद्धि र सामाजिक उत्थानमा महत्वपूर्ण योगदान पु¥याएको दावी गर्दै आए पनि नेपालका गैरसरकारी संघसंस्था परम्परागत शैलीमै सञ्चालन भइरहेको र मुलुकको विकासमा खासै योगदान पु¥याउन नसकेको सरकारकै अध्ययनले देखाएको छ ।

त्यसैगरी पत्रिकाले पृष्ठ ८ मा भारतलाई जवाफ दिने पाकिस्तानको चेतावनी शीर्षकमा समाचार छापेको छ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पुलवामा हमलालाई लएर पास्तिानमाथि लगाएको आरोपप्रति कडा आपत्ति प्रकट गरेका छन् ।
त्यस्तै, डोल्पा काइके गाउँपालिका–२ सहताराकी ४० वर्षीया शान्ति बुढाको प्रसव समस्या जटिल भएपछि हेलिकोप्टरबाट उद्दार गरी नेपालगन्ज मेडिकल कलेज शिक्ष अस्पताल कोहलपुर ल्याइएको समाचार छापेको छ ।

पत्रिकाले सीमास्तम्भको सुरक्षामा ध्यान देऊ शीर्षकमा सम्पादकीय छापेको छ । नेपाल–भारत सीमा क्षेत्रका तीन गुणभन्दा बढी सीमास्तम्भ हराएका छन् । नेपाल–भारतबीच भएका ८ हजार ५ सय ५४ सीमास्तम्भमध्ये २ हजार ३ सय ४४ वटा सीमास्तम्भ हराएका छन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०७५, बुधबार  ६ : ०८ बजे

भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो

काठमाडौं– नेपालको उखु अनुसन्धान तथा विकासलाई सुदृढ बनाउन भारत सरकारले

सांसद खगेन्द्र सुनारले एक महिलालाई मार्ने र बलात्कार गर्ने भन्दै धम्की दिएको अडियो सार्वजनिक

काठमाडौँ – प्रतिनिधिसभा बैठक र संसदीय समितिमा चर्को बोलेर चर्चामा

४२ वर्षे सैनिक अनुभव कूटनीतिक सेवामा लगाउँछु : राजदूत शमशेर

काठमाडौं– संयुक्त अधिराज्य (बेलायत) का लागि प्रस्तावित राजदूत गौरव शमशेर

रुसले ऊर्जा युद्धविराम पालना नगरे जबाफी कदम चाल्ने युक्रेनको चेतावनी

 काठमाडौँ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा

एउटा मात्र उद्योग भए पनि संरक्षण र प्रवर्द्धन गर्नु सरकारको दायित्व हो : सभापति अन्सारी

मोरङ – प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता