एमआरपीपछि अब विद्युतीय राहदानी, सन् २०२० देखि सञ्चालनमा ल्याइने « Khabarhub

एमआरपीपछि अब विद्युतीय राहदानी, सन् २०२० देखि सञ्चालनमा ल्याइने


८ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-मेसिन रिडेबल पासपोर्ट (एमआरपी) को ठाँउमा सरकारले विद्युतीय राहदानी (इ-पासपोर्ट) प्रणाली ल्याउने तयारी थालेको छ । राहदानी विभागका अनुसार सन् २०२० देखि इ-पासपोर्ट जारी गर्ने लक्ष्य राखेको छ ।

नक्कली नागरिकता लिने र त्यसैका माध्यमबाट पार्सपोर्ट बनाउने परिपार्टीको अन्त्यका लागि यो प्रक्रिया थालिएको विभागले जनाएको छ । इ-पासपोर्टले नक्कली नागरिकताबाट पासपोर्ट बनाउन नसक्ने र यो आधुनिक प्रविधिको हुने राहदानी विभागका सह-सचिव तथा प्रवक्ता तिर्थराज अर्यालले बताए।

ई-पासपोर्टमा बायोमेट्रिक प्रणाली लागू हुनेछ । जसका कारण यो एमआरपीभन्दा सुरक्षित हुने अपेक्षा गरिएको अर्यालले बताए । ‘एमआरपी राहदानीलाई परिमार्जित गदै इ-पासपोर्ट प्रणालीमा लैजाने हो । इ-पासपोर्ट सुरक्षाका हिसावले बलियो मानिन्छ,’ उनले भने, ‘यसमा राहदानी सुरक्षायूक्त चिप्स राखिएको हुन्छ । यसप्रकारको राहदानी बैंकमा प्रयोग हुने एटिएम कार्डजस्तै हो । प्रयोग गर्न पनि सहज हुन्छ ।’

उनले इ-पासपोर्ट हुनेहरुका लागि अन्तर्राष्ट्रिय विमानस्थलमा छुट्टै प्रवेशद्वारहरु राखिने गरिएको पनि बताए । ई-पासपोर्टमा आँखाको रेटिनाबाटै संकेतलगायतका सुरक्षा फिचर प्रयोग गर्ने मिल्ने भएकाले यो प्रभावकारी हुने उनको दाबी छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्यान संगठन (आइकाओ)को मान्यताअनुसार ई-पासपोर्ट ल्याउन लागेको विभागले जनाएको छ। ई-पासपोर्टको सञ्चालनका लागि ग्लोबल टेन्डर गर्ने विभागको तयारी छ ।

हाल, विश्वका १ सय १३ वटा भन्दा धेरै देशले ई-पासपोर्टको प्रयोग गरिसकेका छन् । दक्षिण एसियामा पनि श्रीलंका र पाकिस्तानले ई-पासपोर्ट प्रणाली सुरु गरेका छन् ।

दैनिक ७ हजारले दिन्छन पासपोर्टका लागि आवेदन

नेपालमा दैनिक ७ हजारले राहदानीका लागि आवेदन दिने गरेका छन् । तर, विभागले भने दैनिक ३ हजार राहदानी जारी गर्दै आएको छ ।

वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि पनि सम्बन्धीत देशका कुटनीतिक नियोगबाट आवेदन संकलन गरी विभागमा ल्याइने र यहीबाट राजधानी वितरण गर्ने गरिएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७५, बुधबार  ९ : १९ बजे

मलाई हराउन मतदान प्रक्रियादेखि नै योजनाबद्ध रुपमा अनियमितता भयो : झलनाथ खनाल

काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफूलाई

पाँच महिनापछि मेलम्चीको पानी सुरुङमा हालियो

काठमाडौँ- वर्षाले भत्काएको प्रवेशमार्गको सुधारपछि मेलम्ची खानेपानी विकास समितिले सिन्धुपाल्चोकको

प्रदेशसभामा तीन नयाँ पार्टीको प्रतिनिनिधित्व

काठमाडौँ- हालै सम्पन्न निर्वाचनबाट तीनवटा नयाँ पार्टीले प्रदेशसभामा प्रतिनिनिधित्व गर्ने

उदयपुर–१ मा स्थगित मतगणनालाई निरन्तरता दिन आयोगको निर्देशन

काठमाडौँ- निर्वाचन आयोगले उदयपुर १ मा मतगणना कार्यलाई निरन्तरता दिन निर्देशन

निर्वाचनको परिणामले राजनीतिक अस्थिरता आउँदैन : एमाले उपाध्यक्ष नेम्वाङ

काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले हालै सम्पन्न आमनिर्वाचनको परिणामले