सफलताको सुत्र : वर्तमानमा केन्द्रित भएर भविष्यलाई दिमागमा राख्नुहोस् « Khabarhub

सफलताको सुत्र : वर्तमानमा केन्द्रित भएर भविष्यलाई दिमागमा राख्नुहोस्


८ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक वृद्ध आफू आकाशका ताराहरुलाई हेरेर अरु मानिसको भविष्य बारे बताईदिन सक्ने दाबी गर्थे । हुनपनि उनको ध्यान सँधैजसो आकाशका ताराहरुमै हुन्थ्यो । जब राति भएर ताराहरु आकाशमा देखिन्थे तब उनि आफ्नो घर बाहिर निस्किएर तारा हेर्न थाल्थे । अनि कहिलेकाहीं गाउँलेहरुलाई जम्मा गरेर ती ताराहरु हेर्दै उनीहरुको भविष्य बताईदिन्थे ।

त्यस्तै प्रक्रिया निरन्तर चलिरहेको थियो । यस्तैमा एकदिन राति ती वृद्धले तारा हेरिरहेको समयमा एउटा तारा खस्दै गरेको देखे । त्यसपछि उनी हतार/हतार छिमेकीलाई बोलाउंदै बाहिर निस्किए । आकाशतिर हेर्दै छिमेकीलाई बोलाउन हिंडेका उनी एउटा खाडलमा जाकिए ।

छिमेकीले चर्पी बनाउनको लागि खनेको त्यो खाल्डो निकै गहिरो थियो । ताराहरु हेरेर छिमेकीको भविष्य बताउन निस्केका ती वृद्ध आफै खाडलमा परे । जब ती बृद्ध खाडलमा खसे तब छिमेकीहरु खासखुस गर्न थाले । हाम्रो भविष्य बताउन निस्केका बाजेलाई आज आफ्नै भविष्य थाहा रहेनछ ।

हो, भविष्य कसैले देख्दैन अनुमान गर्ने मात्र हो । भविष्यलाई दिमागमा राख्नुहोस् । तर, वर्तमानमा केन्द्रित हुनुहोस् । यदि तपाईं भविष्यमा मात्र केन्द्रित रहेर भविष्यकै सपनामा डुबेर मात्र बस्नु भयो भने वर्तमानको खाडलमा पर्न बेर छैन ।

प्रकाशित मिति : ८ फाल्गुन २०७५, बुधबार  १० : ३० बजे

वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ

काठमाडौं – काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा वृद्ध महिलाको घाँटीबाट सुनको

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहाल सेवाबाट हटाइए

काठमाडौं – सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट

चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन

काठमाडौं – प्रतिनिधीसभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले चाडपर्वको

गण्डकी र लुम्बिनी प्रदेशमा सूचना महामार्ग परियोजना कार्यान्वनयका लागि सम्झौता

काठमाडौं– गण्डकी र लुम्बिनी प्रदेशका १९४ स्थानीय तहमा उच्च गतिको

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट, भोटेकोशी बाढीको क्षतिप्रति समवेदना

काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका