समायोजन सकिएपछि कर्मचारीको स्तरवृद्धि गर्छौंः स्वास्थ्य मन्त्रालय « Khabarhub

समायोजन सकिएपछि कर्मचारीको स्तरवृद्धि गर्छौंः स्वास्थ्य मन्त्रालय


३ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजनको पत्र नपाएका स्वास्थ्य सेवाका कर्मचारीलाई कार्यरत रहेकै स्थानमा काम गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले स्वास्थ्य सेवाका विभिन्न समूह र उपसमूहमा कार्यरत कर्मचारीको समायोजन गर्ने काम गरीरहेको भन्दै पत्र नपाएसम्म कार्यरत क्षेत्रमै काम गर्न निर्देशन दिएको हो । मन्त्रालयले समायोजनको पत्र कार्यरत क्षेत्रमै पठाउने प्रतिद्धता जनाउँदै वर्षात र विपदको समयमा यथास्थानमै काम गर्न आग्रह गरेको हो ।

स्वास्थ्य मन्त्रालयले कर्मचारीको समायोजनको प्रक्रिया सम्पन्न भएपछि पद, नाम तथा स्तरवृद्धिका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा अर्थ मन्त्रालयसँग समन्वय गरीने आश्वासन समेत दिएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७६, मंगलबार  ८ : १७ बजे

कार्यविधिमा मुक्त कमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ : मुख्यमन्त्री शाह

घोडाघोडी (कैलाली)- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मुक्त कमलरीसम्बन्धी कार्यविधिमा

पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’

पोखरा- तीन दशकअघि मङ्सिर-पुस महिनामा पोखराको लेकसाइड सुनसान हुन्थ्यो ।

अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे

सुरुङ्गा (झापा)- सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबीच अविश्वास

पोखरा एभेन्जर्ससँग चितवन राइनोज ८ विकेटले पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शनिबारको दोस्रो खेलमा पोखरा एभन्जर्सले