अख्तियार बाहिर प्रदर्शन गर्ने विवकेशील साझाका कार्यकर्ता पक्राउ « Khabarhub

अख्तियार बाहिर प्रदर्शन गर्ने विवकेशील साझाका कार्यकर्ता पक्राउ


८ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोग बाहिर प्रदर्शन गर्ने विवकेशील साझा पार्टीका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अख्तियार दुरूपयोग अनुषन्धान आयोगबाहिर अख्तियारलाई सघाउने र भष्टाचारको विरोध गर्ने उद्देश्यले आयोजना गरेको विरोध प्रदर्शनमा प्रहरी धरपकड भएको भन्दै विवेकशील साझाले आपत्ति जनाएको छ ।

‘अख्तियारस् सानो माछामात्र होइन, ठूलो पनि समाउ’ भन्दै सांकेतिकरूपमा ठूलो माछा बनाएर प्रदर्शन गर्नेहरूमध्ये पार्टीका ३० जनाभन्दा बढी प्रदर्शनकारी गिरफ्तार भएका छन् ।

‘हामी ट्र्याफिक अवरोध गर्दैनौं, लाइनबाट जान्छौं’ भन्दाभन्दै गिरफ्तार गरिएको विवेकशिलका नेताहरुले बताएका छन् । यसरी पक्राउ पर्नेमा पार्टीकी प्रदेश ३ संयोजक समिक्षा बास्कोटा, केन्द्रीय सदस्य मानवी पौडेल, काठमाडौं जिल्ला संयोजक अनुपा श्रेष्ठ र ललितपुरका जिल्ला संयोजक उज्वलकृष्ण श्रेष्ठ रहेको पार्टी संयोजक रवीन्द्र मिश्रले जानकारी दिएका छन् ।

प्रहरी नियन्त्रणमा रहेका कार्यकर्तालाई तत्काल रिहा गर्न विवकेशीलले माग गरेको छ । पार्टीका प्रवक्ता डा सूर्यराज आचार्यले एक विज्ञप्ति जारी गर्दै शान्तिपुर्ण ढङ्गबाट गरिएको प्रदर्शनसमेत दबाउन खोज्नुले यो सरकार तानाशाही बन्दै गइरहेको पुष्टि भएको बताएका छन् ।

पार्टीका संयोजक रवीन्द्र मिश्रले कार्यक्रमको जानकारीसहित प्रदर्शनीको तस्बिरलाई सामाजिक सञ्जाल ट्वीटरमा राखेका छन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०७५, बुधबार  २ : ०५ बजे

मुग्लिन-नारायणगढ सडकखण्डको १५ किलोमा पहिरो, यातायात एकतर्फी

चितवन – मुग्लिन-नारायणगढ सडकखण्डको १५ किलो नजिकै माथिबाट लेदो खसेपछि

भन्सार छलेर ल्याइएका स्कुटर नियन्त्रणमा

वीरगन्ज – भन्सार छलेर ल्याइएका १० वटा विद्युतीय स्कुटर नियन्त्रणमा

वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने

भक्तपुर – मध्यपुरथिमि नगरपालिका–४ बालकुमारी निवासी ३९ वर्षीय वीरेन्द्रभक्त गजू

कर्णाली प्रदेशका पूर्वकानुनमन्त्री शाहीको निधन

कर्णाली – कर्णाली प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर

भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन

काठमाडौँ – भोटेकोशी बाढीपछि सुस्ताएको नेपालको पर्यटन क्षेत्र क्रमशः लयमा