पोखरामा डेङ्गु फैलियो, १०१ जना बिरामी भेटिए « Khabarhub

पोखरामा डेङ्गु फैलियो, १०१ जना बिरामी भेटिए


३ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– पोखरा महानगरपालिका–८ डेङ्गु सङ्क्रमण क्षेत्र हो । अघिल्लो वर्ष यही वडामा पर्ने शिवालय चोकबाट देखापरेको डेङ्गु यसवर्ष पनि सोही क्षेत्रमा डर लाग्दो रुपमा देखिएको हो ।

कास्कीमा यही भदौ १ गतेसम्म १०१ जना डेङ्गुका बिरामी देखिएका छन् । स्वास्थ्य कार्यालयका अनुसार भदौ १ गते मात्रै १६ जना डेङ्गुका बिरामी पोखराका विभिन्न अस्पतालमा भर्ना भएका छन् । वडा नं ८ भित्र कवाड सङ्कलन केन्द्रमा रहेका टायरसँगै स्थानीयका घरमा रहेका पुराना भाडामा जम्मा भएको पानी नै डेङ्गु सङ्क्रमणको प्रमुख कारकका रुपमा देखिएको स्वास्थ्य कार्यालयका अधिकृत याम बरालले जानकारी दिए ।

नागरिक समाजको सञ्जाल, इन्सेक र आमा मिलन केन्द्रद्वारा संयुक्त आयोजना तथा स्वास्थ्य कार्यालयको सहकार्यमा आज यहाँ आयोजित डेङ्गु सचेतना कार्यक्रममा बोल्दै उनले स्थानीयले रोगका बारेमा पहिचान भए पनि त्यसबाट बच्न कुनै पनि सतर्कता नअपनाएका कारण डेङ्गु रोग बढेको बताए ।

आमा मिलन केन्द्रकी अध्यक्षसमेत रहनुभएको स्थानीय इन्दिरा पौडेलले पटकपटक प्रयास गर्दा पनि महानगरले रोग नियन्त्रणमा चासो नदिएको दुखेसो पोखे ।

“प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा हामी सङ्क्रमित बन्न पुगेका छौँ, यो वडा निकै संवेदनशील देखिएको छ, महानगर गम्भीर नबने आगामी वर्ष अझै यसको सङ्क्रमण बढेर जाने निश्चित छ”, उनले भने ।

इन्सेक गण्डकी प्रदेशका संयोजक शिव खकुरेलले डेङ्गु सङ्क्रमणलाई भयावह रुपमा फैलन नदिन आफूहरुले विभिन्न संस्थासँगको सहकार्यमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको बताए । शान्तिका लागि नागरिक समाजको सञ्जालका अध्यक्ष विष्णु बरालले सबैभन्दा पहिले स्थानीय नै सचेत बन्नुपर्नेमा जोड दिए ।

स्थानीयका समस्यालाई वडा कार्यलय र महानगरपालिकासम्म पु¥याउनका लागि समन्वयात्मक भूमिका खेल्न सञ्जाल तयार रहेको उनको भनाइ छ । सफा पानीमा बस्ने र दिनमा मानिसलाई टोक्ने उक्त डेङ्गु रोग सार्ने लामखुट्टे यतिखेर पोखराका वडा नं. ८, ९ र १७ मा बढी देखिएका बताइएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७६, मंगलबार  ६ : ३७ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको