पोखरामा डेङ्गु फैलियो, १०१ जना बिरामी भेटिए « Khabarhub

पोखरामा डेङ्गु फैलियो, १०१ जना बिरामी भेटिए


३ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– पोखरा महानगरपालिका–८ डेङ्गु सङ्क्रमण क्षेत्र हो । अघिल्लो वर्ष यही वडामा पर्ने शिवालय चोकबाट देखापरेको डेङ्गु यसवर्ष पनि सोही क्षेत्रमा डर लाग्दो रुपमा देखिएको हो ।

कास्कीमा यही भदौ १ गतेसम्म १०१ जना डेङ्गुका बिरामी देखिएका छन् । स्वास्थ्य कार्यालयका अनुसार भदौ १ गते मात्रै १६ जना डेङ्गुका बिरामी पोखराका विभिन्न अस्पतालमा भर्ना भएका छन् । वडा नं ८ भित्र कवाड सङ्कलन केन्द्रमा रहेका टायरसँगै स्थानीयका घरमा रहेका पुराना भाडामा जम्मा भएको पानी नै डेङ्गु सङ्क्रमणको प्रमुख कारकका रुपमा देखिएको स्वास्थ्य कार्यालयका अधिकृत याम बरालले जानकारी दिए ।

नागरिक समाजको सञ्जाल, इन्सेक र आमा मिलन केन्द्रद्वारा संयुक्त आयोजना तथा स्वास्थ्य कार्यालयको सहकार्यमा आज यहाँ आयोजित डेङ्गु सचेतना कार्यक्रममा बोल्दै उनले स्थानीयले रोगका बारेमा पहिचान भए पनि त्यसबाट बच्न कुनै पनि सतर्कता नअपनाएका कारण डेङ्गु रोग बढेको बताए ।

आमा मिलन केन्द्रकी अध्यक्षसमेत रहनुभएको स्थानीय इन्दिरा पौडेलले पटकपटक प्रयास गर्दा पनि महानगरले रोग नियन्त्रणमा चासो नदिएको दुखेसो पोखे ।

“प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा हामी सङ्क्रमित बन्न पुगेका छौँ, यो वडा निकै संवेदनशील देखिएको छ, महानगर गम्भीर नबने आगामी वर्ष अझै यसको सङ्क्रमण बढेर जाने निश्चित छ”, उनले भने ।

इन्सेक गण्डकी प्रदेशका संयोजक शिव खकुरेलले डेङ्गु सङ्क्रमणलाई भयावह रुपमा फैलन नदिन आफूहरुले विभिन्न संस्थासँगको सहकार्यमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको बताए । शान्तिका लागि नागरिक समाजको सञ्जालका अध्यक्ष विष्णु बरालले सबैभन्दा पहिले स्थानीय नै सचेत बन्नुपर्नेमा जोड दिए ।

स्थानीयका समस्यालाई वडा कार्यलय र महानगरपालिकासम्म पु¥याउनका लागि समन्वयात्मक भूमिका खेल्न सञ्जाल तयार रहेको उनको भनाइ छ । सफा पानीमा बस्ने र दिनमा मानिसलाई टोक्ने उक्त डेङ्गु रोग सार्ने लामखुट्टे यतिखेर पोखराका वडा नं. ८, ९ र १७ मा बढी देखिएका बताइएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७६, मंगलबार  ६ : ३७ बजे

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका