स्याउ एक फाइदा अनेक « Khabarhub

स्याउ एक फाइदा अनेक


३ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्याउ हरेक मौसममा सजिलै उपलब्ध हुने फल हो । यो स्वास्थ्यका दृष्टिले पनि निकै लाभदायी हुन्छ । स्याउ नियमित खाएमा हाम्रो शरीरलाई चाहिने आवश्यक पौष्टिक तत्व प्राप्त हुन्छ ।

खासगरी, ब्रेकफास्टका रूपमा खानु उपयुक्त मानिन्छ । स्याउ बोक्रासहित खानुपर्छ, ब्रोका निकालेर खाँदा पोषक तत्व निस्केर जाने विशेषज्ञहरु बताउँछन् । स्याउ खाँदा हाम्रो शरीरलाई पुग्ने फाइदा यस्ता छन्–

–स्याउमा प्रशस्त मात्रामा फाइबर, क्याल्सियम र एन्टिअक्सिडेन्ट पाइन्छ । स्याउमा पाइने यी पोषक तत्वले मानिसलाई निरोगी बन्न सघाउँछ । साथै, रोगप्रतिरोधी क्षमतासमेत बढाउँछ ।

–स्याउको सेवनले शरीरमा कोलेस्ट्रोलको मात्रा घटाउनुका साथै सुगर नियन्त्रणमा राख्न मद्दत गर्छ । साथै, रक्तसञ्चारलाई यथावत् राख्न पनि सघाउ पुर्‍याउँछ ।

– स्याउमा पाइने फाइबरले कब्जियत कम गर्छ । पायल्सका बिरामीले नियमित स्याउ खाएमा समस्या क्रमशः कम हुँदै जान्छ ।

–स्याउको सेवनले मस्तिष्कमा रहेका कोषिकाको रक्षा गर्छ । साथै, अल्जाइमरको खतरालाई पनि कम गर्छ ।

–नियमित स्याउ खाँदा मोटोपन हटाउन सहयोगी हुन्छ । साथै, मोटोपनबाट हुने हृदयाघात, डायबिटिज, मुटुरोगजस्ता विभिन्न समस्याको सम्भावना हुँदैन ।

–मिर्गौलामा हुने पत्थरीबाट बच्न स्याउको सेवन लाभदायी हुन्छ । साथै, बिरामीले खाएमा पत्थरीका कारण हुने दुखाइबाट आराम मिल्छ ।

– हरेक बिहान एउटा स्याउ खाने हो भने स्तन क्यान्सरको सम्भावनालाई २३ प्रतिशत रोक्न सकिन्छ । साथै, यसले कलेजो र आन्द्राको क्यान्सर हुनबाट जोगाउँछ ।

– ब्रोकासहितको फाइबरयुक्त स्याउ खाँदा पित्तथैलीमा जमेर बसेको कोलस्ट्रोललाई बाहिर निकाल्ने काम गर्छ । यसरी पित्तथैलीमा हुने पत्थरीबाट जोगिन मद्दत पुग्छ ।

– स्याउको रसले बुढ्यौली तथा मानसिक रोग हटाउँछ । यसले न्युरोट्रान्समिटर घटाउन रोक्छ । न्युरोट्रान्समिटरले हाम्रो स्मरणशक्तिलाई राम्रो बनाउँछ । स्याउले हाडलाई पनि बलियो बनाउँछ ।

प्रकाशित मिति : ३ भाद्र २०७६, मंगलबार  ९ : २१ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित