५ दिनको म्याद सकिएपछि रवि लामिछाने पुनः अदालत पेश | Khabarhub Khabarhub

५ दिनको म्याद सकिएपछि रवि लामिछाने पुनः अदालत पेश


३ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– पत्रकार शालिकराम पुडासैनि मृत्यु प्रकरणमा नियन्त्रणमा लिइएको टेलिभिज कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित ३ जनालाई पुनः अदालत पेश गरिएको छ ।

आत्यहत्या दुरुत्साहनसम्बन्धी कसुरमा अनुसन्धान गर्न थपिएको ५ दिनको म्या सकिएपछि उनीहरुलाई मंगलबार पुनः जिल्ला अदालत चितवनमा पेश गरिएको हो । जिल्ला प्रहरी कार्यालय चितवन स्रोतका अनुसार उनीहरुमाथि थप अनुसन्धान गर्नका लागि पुनः म्याद थप गर्न अदालत पेश गरिएको हो ।

गत बिहीबार काठमाडौंस्थित न्यूज २४ टेलिभिजनको कार्यालयबाट पक्राउ परेका लामिछाने र युवराज कँडेल तथा काठमाडौंको कलंकीबाट पक्राउ परेकी रुकु भनिने अस्मिता कार्कीलाई शुक्रबार चितवन जिल्ला अदालतमा पेश गरिएको थियो ।
चितवन जिल्ला अदालतका न्यायाधीश विनोद कुमार गौतमको इजलाशले लामिछानेसहित ३ जनाविरुद्ध अनुसन्धान गर्न ५ दिनको म्याद थप गरेको थियो ।

अनुसन्धानका लागि थपिएको ५ दिनको म्याद पूरा भएपछि मंगलबार पुनः अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७६, मंगलबार  १० : ५६ बजे

एमालेमा ६४ वटा पार्टी कार्यालय र १५८ जना नेता-कार्यकर्ताको घरमा आक्रमण

काठमाडौं– नेकपा (एमाले)ले जेन-जी आन्दोलनका नाममा केन्द्रकोसहित ६४ वटा पार्टी

भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा योगदान गर्न सरकारको आह्वान

काठमाडौं– सरकारले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा योगदान गर्न आह्वान गरेको

ज्वाङखोला पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग सुचारु 

काठमाडौं– धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० स्थित ज्वाङखोला र तिङराङखानीमा पहिरोका

बाबुरामले भने- पुराना दलहरू नसच्चिने भए सक्किन तयार हुनु पर्छ

काठमाडौं- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले