दुई वर्षपछि कुखुराका चल्लाको लागत मूल्य « Khabarhub

दुई वर्षपछि कुखुराका चल्लाको लागत मूल्य


६ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

चितवन– ह्याचरीबाट उत्पादित कुखुराका चल्लाले दुई वर्षपछि लागत मूल्य पाएका छन् । नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्र लामिछानेका अनुसार हाल ब्रोइलर चल्ला प्रतिवटा ९० र लेयर्सको १६० मा बिक्री हुन थालेका छन् । ब्रोइलरको लागत मूल्य रु ६५ र लेयर्सको १२० पर्न आउँछ । 

यसले दुई वर्षभन्दा बढी समय लागत मूल्यभन्दा कममा चल्ला बेच्नुपर्दा समस्यामा परेका ह्याचरी उद्योगलाई राहत पुगेको उनले जानकारी दिए । 

पुस महिनायता क्रमशः मूल्य बढ्दै गएको हो । त्यसअघि रु २५ सम्ममा बोइलर चल्ला बेच्नुपर्ने बाध्यता रहेको थियो । मूल्य घटेपछि उद्योगले दुई सातासम्म चल्ला उत्पादन नै रोकेका थिए । यहाँ दुई सय ५० भन्दा बढी ब्रोइलर चल्ला र चार वटा लेयर्स चल्ला उत्पादन गर्ने ह्याचरी उद्योग बन्द भएका अध्यक्ष लामिछानेले बताए। 

‘मूल्य नपाएका कारण धेरै उद्योग बन्द भएका छन् । हाल १०० वटा ब्रोइलरका र १० वटा लेयर्सका ह्याचरी सञ्चालनमा छन् । एक हप्तामा ती उद्योगबाट लेयर्सका एक लाख र ब्रोइलरका ३० लाख हाराहारी चल्ला उत्पादन हुने गरेका छन् । बढी चल्ला उत्पादन हुँदा सातामा ब्रोइलरका ४२ लाखभन्दा बढी र लेयर्सका तीन लाख ५० हजार चल्ला उत्पादन हुने गरेका थिए’, उनले भने।

हाल उत्पादनमा कमी भएको र भारतीय नाकाबाट चल्ला आउन रोकिएपछि यहाँको उत्पादनले बजार पाएको लामिछाने बताए। उनका अनुसार भारतमा चल्लाको मूल्य बढी छ भने सीमानाकामा कडाइ गरिएको छ । 

यसअघि कुखुरापालन गर्ने धेरै साना किसान विस्थापित भइसकेका छन् । लेयर्स कुखुरा ठूलो सङ्ख्यामा पालिँदै आएकामा पछिल्लो समय एकै किसानले सात लाखसम्म ब्रोइलर कुखुरा पाल्न थालेपछि बजारको माग धान्न सहज भएको अध्यक्ष लामिछानेको भनाइ छ ।

‘सरकारले सीमा क्षेत्रबाट अवैध पोल्ट्रीजन्य पदार्थ रोकेमा यहाँका किसानले राहत पाउँछन् । यसमा हामीले लामो समयदेखि दबाब दिँदै आएका छौँ’”, उनले भने। 

प्रकाशित मिति : ६ चैत्र २०८२, शुक्रबार  १ : २६ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा विद्युत् जडान, रसुवामा ८३ र नुवाकोटमा ९५ प्रतिशत सेवा सञ्चालन

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण अवरुद्ध

भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन

कपिलवस्तु – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको

भदौ २४ को विध्वंसमा संलग्नलाई कारबाही नभएसम्म आवाज उठाइरहन्छु : एमाले सचिव बस्नेत

काठमाडौँ – नेकपा (एमाले)का सचिव महेश बस्नेतले गत वर्ष भदौ

अब किम्रुङखोलाको जोखिम छैन : वडाध्यक्ष गुरुङ

कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा मोदी खोलाको सहायक किम्रुङखोलाको

‘आगोले संरचना जलाए पनि इतिहास र विरासत ढाल्न सक्दैन’ : वसन्त चौधरी

काठमाडौँ – प्रसिद्ध उद्योगी एवं साहित्यकार वसन्त चौधरीले गत वर्ष