नेकपाका नेताले संसदमा भने– पाठक माथिको अनुसन्धान हात्ती आयो हात्ती आयो फुस्सा नहोस् « Khabarhub

नेकपाका नेताले संसदमा भने– पाठक माथिको अनुसन्धान हात्ती आयो हात्ती आयो फुस्सा नहोस्


८ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपाका सांसद रामनारायण विडारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठकमाथि अनुसन्धान हुनुपर्ने बताएका छन् ।

राष्ट्रियसभाको बुधवार बसेको बैठकमा बोल्दै सांसद विडारीले पाठकमाथिको अनुसन्धान हात्ती आयो हात्ती आयो फुस्सा नहोस् भन्दै अदालतसम्म यो मुद्दा पुग्नु पर्ने बताएका हुन् ।

‘पाठक भ्रष्टाचारमा डुबेर पदमुक्त भएका छन् । अब हात्ती आयो हात्ती आयो फुस्सा भनेजस्तो अनुसन्धान फुस्सा हुन नजाओस्’ बैठकमा सांसद विडारीले भने,‘ भ्रष्टाचार निवारण ऐन, संविधान, अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन अनुसार अदालतसम्म यो मुद्दा पुगोस् ।’

यो विषय अदालतलाई पनि जनताले परीक्षण गर्ने मुद्दा भएको सांसद विडारीको भनाइ थियो ।

चाँगुनारायणको नेशनल इन्जिनियरिङ कलेज प्रकरणमा घुस लिएको भिडियोहरु सार्वजनिक भएपछि अख्तियारका आयुक्त पाठले राजीनामा दिएका थिए । पाठकले त्यसबाट बच्न राजीनामा दिएको भन्दै उनीमाथि अनुसन्धानको माग भइरहेको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७५, बुधबार  २ : १८ बजे

नेपाल राष्ट्र बैंकले ३० करोड थान २ रुपैयाँका नयाँ सिक्का ल्याउने

काठमाडौं– नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरका नयाँ सिक्का ल्याउने

विकासोन्मुख देशको आवश्यकतामा केन्द्रित हुँदै चीनको विकास पहल

बेइजिङ- चीनले अघि सारेको विश्वव्यापी विकास पहल (जीडीआई) पाँच वर्ष पूरा

गुल्जार हुने मुस्ताङको कागबेनी तीर्थस्थल गुमनाम

मुस्ताङ– चाडपर्वमा गुल्जार हुने  मुस्ताङको कागबेनी तीर्थस्थल गुमनाम बनेको छ

बाढीमा आमाबुवा गुमाएका बालबालिकाको व्यवस्थापन : दीर्घकालीन स्याहार योजना कार्यक्रममा समावेश

काठमाडौं– भोटेकोशी बाढीका कारण आमाबुवा गुमाएका उत्तरगया गाउँपालिका–१ का बालबालिका

वेत्रावतीमा बेलिब्रिज जडान सुरु, दशैँअघि सञ्चालनमा ल्याउने लक्ष्य

त्रिशूली – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले क्षति पुर्‍याएपछि