सुदूरपश्चिम प्रदेशमा गौरा पर्वको चहपहल « Khabarhub

सुदूरपश्चिम प्रदेशमा गौरा पर्वको चहपहल


३ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– सुदूरपश्चिम प्रदेशको मौलिक सांस्कृतिक गौरा पर्वको चहलपहल यस क्षेत्रमा शुरु भएको छ । आज भदौ पञ्चमी तिथिका दिन यो पर्व मनाउने समुदायका श्रद्धालु महिलाले आआफ्नो घरमा धार्मिक अनुष्ठानका साथ पाँच थरीका गेडागुडी अर्थात् ‘बिरुडा’ को व्यवस्थापन गरेका छन् ।

महिलाले निराहार रही आआफ्नो घरमा तामा वा पित्तलको भाँडोमा मास, गहत, कलौ, चनालगायतका पाँच थरीका गेडागुडी भिजाएर व्यवस्थापन गरेपछि औपचारिक रुपमा गौरा पर्व शुरु भएको मानिन्छ ।

व्रतालु महिलाले सामूहिक रुपमा धान, स्याउ, अपामार्ग, कुस लगायतका बोट बिरुवाबाट गौरा भगवतीको प्रतिमा तयार पारेर अनुष्ठानका साथ गौरा भित्र्याउने गर्दछन् । गौरा भित्र्याइसकेपछि व्रतालु तथा श्रद्धालु महिलाले गौरी भगवती र महेश्वर(शिव) भगवानको पूजा अर्चना गर्ने गर्दछन् ।

पूजा गर्दा अक्षताका रुपमा प्रयोग हुने ‘बिरुडा’ को विशेष महत्व छ । ‘बिरुडा’ लाई गौरा र महेश्वरको प्रसादको रुपमा ग्रहण गर्ने परम्परा छ । पूजाको काम सकिएपछि छरछिमेकमा प्रसादको रुपमा बाँडिने बिरुडालाई पकाएर खाने चलन रहेको र यसरी खाँदा पेटसम्बन्धी रोग निको हुने जनविश्वाससमेत छ ।

यो पर्व मनाउन धनगढीको वनदेवी, नैनादेवी, शिवपुरीलगायतका मन्दिरका साथै गौरा घरमा विशेष तयारी गर्न लागिएको छ । पूजाको काम सकिएपछि हरेक दिन महिला पुरुष छुट्टाछुट्टै रुपमा गोलबन्द भई चैत, धमारी, देउडा, खेल खेलेर रमाइलो गर्ने गर्दछन् ।

पौराणिक कालमा हिमालयकी पुत्री पार्वतीले भगवान् शिवलाई पतिको रुपमा पाउन गरिएको व्रतको फलस्वरुप पार्वतीको मनोकाङ्क्षा पूरा भएकोले सोही बेलादेखि यो पर्व मनाउने गरिएको किंवदन्ती छ । गौरा सर्वशक्तिमान भएको विश्वासमा यो पर्व मनाउन थालिएको पनि अर्को भनाइ रहेको छ ।

यो पर्वले एक ठाउँमा भेला हुने अवसर प्रदान गरी आपसी सद्भाव सुदृढ गराउन मद्दत पुग्ने, इष्टकूल देवता खुशी हुने विश्वास गरिन्छ । अनुकूल तिथिका दिन यो पर्व विसर्जन गरिन्छ ।

प्रकाशित मिति : ३ भाद्र २०७६, मंगलबार  २ : ३८ बजे

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक

उद्योगीको गुनासो : अघोषित लोडसेडिङले उत्पादन नै रोकियो

विराटनगर – मोरङ उद्योग व्यापार सङ्घले आज एक प्रेस विज्ञप्ति

एमाले पुनर्गठन कार्यदलको प्रतिवेदन लेखनको जिम्मा बादल र शंकर पोखरेललाई

काठमाडौं – नेकपा एमालेको पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठन

देउवा समूहले बोलायो पूर्वपदाधिकारीको बैठक

काठमाडौं – नेपाली कांग्रेसको पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा निकट

बुशेहर परमाणु केन्द्र नजिक अमेरिकाले हमला गरेको इरानको आरोप

काठमाडौं – मध्यपूर्वमा अमेरिका र इरानबीचको तनाव थप चर्किएको छ