चन्द्रयान–२ चन्द्रमाको कक्षमा प्रवेश, भदौ २१ गते चन्द्र सतहमा उत्रने « Khabarhub

चन्द्रयान–२ चन्द्रमाको कक्षमा प्रवेश, भदौ २१ गते चन्द्र सतहमा उत्रने


३ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतले चन्द्र अभियानअन्तर्गत पठाएको चन्द्रयान–२ मंगलबार चन्द्रमाको कक्षमा प्रवेश गरेको छ । मंगलबार बिहान भारतीय समयानुसार ९ बजेर २ मिनेटमा चन्द्रयान–२ चन्द्रमाको कक्षमा स्थापित भएको थियो ।

चन्द्रमाको कक्षमा पूर्णरुपमा स्थापित हुन चन्द्रयान–२ लाई करिब आधा घण्टा समय लागेको भारतीय अन्तरिक्ष एजेन्सी (इसरो) ले जनाएको छ ।

२३ दिनसम्म पृथ्वीको परिक्रमा लगाएको यानलाई चन्द्रमाको कक्षसम्म पुग्न सातदिन लागेको थियो । अब यो यानले १३ दिनसम्म चन्द्रमाको परिक्रमा गर्ने इसरोले जनाएको छ । यसपछि भने आगामी सेप्टेम्बर ७ तारिख (भदौ २१ गते) चन्द्रयान–२ चन्द्र सतह दक्षिणी ध्रुवमा उत्रिने छ । इसरोका प्रमुख के सिवनले यो मिसनको सबैभन्दा जटिल यात्रा पूरा भएको जानकारी दिएका छन् ।

उनका अनुसार यानको इन्जिन अब चारपटक सञ्चालन गरिनेछ । यसपछि भने विभिन्न चरण पूरा गर्दै सेप्टेम्बर ७ मा चन्द्रयान– २ चन्द्र सतहमा अवतरण गर्ने छ । ल्याण्डर र रोबरले चन्द्र सतहमा १५ दिनसम्म विभिन्न अनुसन्धान तथा अध्ययनको काम गर्ने छन् ।

चन्द्रयान–२ गत जुलाई २२ तारिखमा प्रक्षेपण गरिएको थियो । त्यसअघि नै जुलाई १५ मा प्रक्षेपण गर्ने योजना भए पनि प्राविधिक खराबीका कारण प्रक्षेपणको मिति पछाडी सारिएको थियो ।

यो अभियान सफल भए भारत चन्द्रमामा यान पठाउन सफल विश्वको चौथो राष्ट्र बन्ने छ ।

प्रकाशित मिति : ३ भाद्र २०७६, मंगलबार  ३ : ०३ बजे

इन्टर मिलान बन्यो सिरी ए च्याम्पियन :तीन खेल अगावै उपाधि कब्जा

काठमाडौँ – इन्टर मिलानले आइतबार राति पार्मालाई २–० ले पराजित

रास्वपाले कसरी छान्दै छ स्थानीय उम्मेदवार ? उम्मेदवार छनोट रूपरेखा (पूर्णपाठ)

काठमाडौँ – आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरी राष्ट्रिय स्वतन्त्र

अनि दयाहाङलाई गालीको ओइरो…

काठमाडौँ – समाजिक विषयमा आवाज उठाउनु कलाकारको नैतिक जिम्मेवारी हो

बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपा नगरमा हजारौँ वर्षदेखि वैशाख पूर्णिमाको अवसरमा

भैँसीगोठमा पूर्णबहादुरका ५७ वर्ष

म्याग्दी – यहाँको धवलागिरि गाउँपालिका–४ खाम्लाका पूर्णबहादुर जैसीलाई १८ वर्षको