चन्द्रयान–२ चन्द्रमाको कक्षमा प्रवेश, भदौ २१ गते चन्द्र सतहमा उत्रने « Khabarhub

चन्द्रयान–२ चन्द्रमाको कक्षमा प्रवेश, भदौ २१ गते चन्द्र सतहमा उत्रने


३ भदौ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतले चन्द्र अभियानअन्तर्गत पठाएको चन्द्रयान–२ मंगलबार चन्द्रमाको कक्षमा प्रवेश गरेको छ । मंगलबार बिहान भारतीय समयानुसार ९ बजेर २ मिनेटमा चन्द्रयान–२ चन्द्रमाको कक्षमा स्थापित भएको थियो ।

चन्द्रमाको कक्षमा पूर्णरुपमा स्थापित हुन चन्द्रयान–२ लाई करिब आधा घण्टा समय लागेको भारतीय अन्तरिक्ष एजेन्सी (इसरो) ले जनाएको छ ।

२३ दिनसम्म पृथ्वीको परिक्रमा लगाएको यानलाई चन्द्रमाको कक्षसम्म पुग्न सातदिन लागेको थियो । अब यो यानले १३ दिनसम्म चन्द्रमाको परिक्रमा गर्ने इसरोले जनाएको छ । यसपछि भने आगामी सेप्टेम्बर ७ तारिख (भदौ २१ गते) चन्द्रयान–२ चन्द्र सतह दक्षिणी ध्रुवमा उत्रिने छ । इसरोका प्रमुख के सिवनले यो मिसनको सबैभन्दा जटिल यात्रा पूरा भएको जानकारी दिएका छन् ।

उनका अनुसार यानको इन्जिन अब चारपटक सञ्चालन गरिनेछ । यसपछि भने विभिन्न चरण पूरा गर्दै सेप्टेम्बर ७ मा चन्द्रयान– २ चन्द्र सतहमा अवतरण गर्ने छ । ल्याण्डर र रोबरले चन्द्र सतहमा १५ दिनसम्म विभिन्न अनुसन्धान तथा अध्ययनको काम गर्ने छन् ।

चन्द्रयान–२ गत जुलाई २२ तारिखमा प्रक्षेपण गरिएको थियो । त्यसअघि नै जुलाई १५ मा प्रक्षेपण गर्ने योजना भए पनि प्राविधिक खराबीका कारण प्रक्षेपणको मिति पछाडी सारिएको थियो ।

यो अभियान सफल भए भारत चन्द्रमामा यान पठाउन सफल विश्वको चौथो राष्ट्र बन्ने छ ।

प्रकाशित मिति : ३ भदौ २०७६, मंगलबार  ३ : ०३ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र