भिटामिन ‘डी’ र मांसपेशी दुखाईंको सम्बन्ध के ? दुखाईं कम गर्न यसो गर्नोस् « Khabarhub

भिटामिन ‘डी’ र मांसपेशी दुखाईंको सम्बन्ध के ? दुखाईं कम गर्न यसो गर्नोस्


३ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

अहिले मानिसमा शारीरिक वजन वृद्धि, मांसपेशी वा जोर्नीमा दुखाई, बिना कारण कमजोरी वा आलस्यता बढ्नु आम समस्या बनेको छ । थकावट वा अनिन्द्राको कारण निम्तने यस्ता समस्यालाई धेरैजसो मानिसले ख्याल नदिने गरेको पाइन्छ । तर बदलिदो जीवनशैलीका कारण बिहान उठ्ने र बेलुका सुत्ने समयको सही समय नमिलेका कारण यि समस्याहरु निम्तने गर्दछन् ।

आवश्यकताभन्दा बढी खानु वा दिनभर खानाको समय नमिलेर भोको बस्नुसमेत यस्ता समस्याका कारण हुन् ।

यदि तपाईंमा लगातार थकावट, जोर्नीको दुखाई लगायतका समस्या देखिएका छन् भने सावधान हुनु जरुरी छ । यस्ता प्रकारका स्वस्थ्य समस्या शरीरमा भिटामिन ‘डी’को कमिले हुने गर्दछ ।

यदि मांसपेशी वा जोर्नीमालगातार दुखाई छ भने रगतको परीक्षण गरी तपार्इंको शरीरमा भिटामिन डी (विशेषत: डी थ्री)को अवस्था कस्तो छ ? त्यो पहिचान गर्न आवश्यक छ । यदि भिटामिन डी थ्रीको मात्रा आवश्यकताभन्दा कम छ भने यस किसिमका समस्या हुने गर्दछन् ।

सूर्यको किरणलाई भिटामिन ‘डी’को सबैभन्दा बलियो प्राकृतिक स्रोत मानिन्छ । तसर्थ शरीरमा भिटामिन ‘डी’को मात्रा बनाई राख्न एक सातामा ४/५ पटकसम्म सनबाथ अर्थात केहिबेर घाममा उभिनु जरुरी छ ।

बिहान ८ बजेभन्दा पहिले र साँझ ४ बजेपछिको घाममा उभिनु सबैभन्दा उपयुक्त हुन्छ । घाममा उभिदा अनुहारलाई नछोपी हातलाई फैलाएर उभिनु पर्दछ । दैनिक करीब १५ मिनेट घाममा उभिदा शरीरमा कहिल्यै भिटामिन ‘डी’को अभाव हँुदैन ।

यसबाहेक सालमोन, सार्डनिस माछा, अण्डा वा मासुमासमेत प्रचुर मात्रामा भिटामिन ‘डी’ पाइन्छ ।

यदि कोही शाकाहारी छ भने उनीहरुले खानामा सूर्यमुखीको बिऊ, सोयाबिनका उत्पादन, दुग्धजन्य पर्दाथको प्रयोग गरेमासमेत भिटामिन ‘डी’को मात्रा भरपुर रुपमा पाउनेछन् ।

प्रकाशित मिति : ३ भाद्र २०७६, मंगलबार  ५ : ०७ बजे

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा परी अकालमा ज्यान

लन्डन डर्बीमा आर्सनलको पुनरागमन जित : चेल्सी २-१ ले पराजित

लन्डन – नयाँ स्ट्राइकर नभए पनि साबिक विजेता आर्सनलको लयमा

कर्णाली राजमार्ग अवरुद्ध हुँदा पीडामा स्याउ व्यापारी

कर्णाली – यतिबेला जुम्ला, मुगु तथा हुम्लामा उत्पादित स्याउ निर्यातको

आजको माैसम पूर्वानुमान : देशका केही ठाउँमा भारी वर्षा

काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको

रसुवामा ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालन

काठमाडौँ – भोटेकोशी बाढीका कारण विद्युत् पूर्वाधारमा क्षति पुगेपछि प्रभावित