रवि लामिछानेमाथि थप अनुसन्धान गर्न ५ दिनको म्याद थप | Khabarhub Khabarhub

रवि लामिछानेमाथि थप अनुसन्धान गर्न ५ दिनको म्याद थप


३ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चिनवन– पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित ३ जनाविरुद्ध थप अनुसन्धान गर्न पुनः ५ दिनको म्याद थप गरिएको छ ।

चितवन जिल्ला अदालतले रवि लामिछानेसहित न्यूज २४ टेलिभिजनमा कार्यरत युवराज कँडेल र रुकु भनिने अस्मिता कार्कीमाथि थप अनुसन्धान गर्न ५ दिनको म्याद थप गरेको हो ।

गत बिहीबार काठमाडौंबाट पक्राउ परेका लामिछाने, कँडेल र कार्कीलाई प्रहरीले शुक्रबार चितवन जिल्ला अदालतमा पेश गरेको थियो ।

शालिकराम मृत्यु प्रकरणमा रविसहित युवराज र अस्मिताले आत्महत्या दुरुत्साहनको कसुर गरेको भन्दै तीनै जनालाई पक्राउ गरेको थियो ।

अदालतले म्याद थपेसँगै अब रवि, युवराज र अस्मिताले ५ दिनसम्म प्रहरीको हिरासतमै रहनुपर्ने भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले अस्मिता र युवराजको साबिति बयान लिइसकिएको जनाएको छ । युवराजको लिखित र अस्मिताको भिडियो बयान लिइएको जनाइएको छ ।

रविको भने मंगलबार विहान बयान लिने क्रम शुरु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले मृतक पत्रकार पुडासैनीको शवको पोस्टमार्टम रिपोर्ट लगायत अन्य प्रमाण अदालतमा पेश गरेको जनाएको छ ।

रविमाथि अनुसन्धानका लागि म्याद थप गर्न मंगलबार अदालती समयको शुरुवातमै उपस्थित गराइएपनि रविको पक्षमा अधिवक्ताको बहसका कारण म्याद थपको आदेश ढिला मात्रै आएको हो ।

चितवन जिल्ला अदालत स्रोतका अनुसार मंगलबार करिब आधा दर्जन अधिवक्ताहरुले रविको प्रतिरक्षामा बहस गरेका थिए ।

प्रकाशित मिति : ३ भाद्र २०७६, मंगलबार  ५ : १७ बजे

बलिउड स्टार काजोल किन परिन् आलोचनाको भुङ्ग्रोमा ?

काठमाडौं– हालै दिएको एक टिप्पणीका कारण बलिउडकी चर्चित अभिनेत्री काजोल

देउवाले उपसभापति खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिँदै

काठमाडौँ- गत भदौ २४ गतेको जेन-जी आन्दोलनका क्रममा निजी निवास

उद्योग–व्यवसाय चलायमान बनाउन बूढानीलकण्ठ नगरद्वारा पहल

काठमाडौं– जेन-जी आन्दोलनपछिको अवस्थामा उद्योग–व्यवसाय चलायमान बनाउने विषयमा बूढानीलकण्ठ नगरपालिकाले

जुम्ला पुगे चिरीबाबु

जुम्ला– ललितपुर महानगरका मेयर चिरीबाबु महर्जसहितको प्रतिनिधिमण्डल जुम्ला पुगेका छन्

इलाममा बाढीपहिरोले क्षतिग्रस्त सडक खुलाउन धमाधम काम हुँदै

काठमाडौं- पूर्वी पहाडका जिल्लाहरु जोड्ने मेची राजमार्ग असोज १८, १९