पाटनमा मनाइयो ३ सय ८७ वर्ष पुरानो नरसिंह जात्रा « Khabarhub

पाटनमा मनाइयो ३ सय ८७ वर्ष पुरानो नरसिंह जात्रा


३ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– काठमाडौँ उपत्यकाको पुरानो जात्रामध्येको एक नरसिंह जात्रा पाटनमा मनाइएको छ । ललितपुरका मल्ल राजा सिद्धिनरसिंहको पालादेखि शुरु भएको मानिएको यो जात्रा हरेक वर्ष भाद्र कृष्ण पञ्चमीका दिन मनाउने परम्परा छ ।

मंगलबार मंगलबजारको तुइलाक्वः टोलबाट नरसिंहसहित देवदेवीको यात्रा शुरु भएको छ । जात्रा शुरु हुनु अगाडि पाटन दरबार क्षेत्रमा रहेको भीमसेन मन्दिरमा सबैको कल्याणको कामना गर्दै नरसिहंको विशेष पूजा गर्ने चलन छ । जात्रामा भगवान नृसिंहसँगै लक्ष्मी र सरस्वतीलाई देवीको रुपमा राखिन्छ ।

बिष्णु भक्त प्रह्लादले जात्रा अवधिभर नै भगवान नरसिंहको सेवा गरिरहेको देख्न पाइन्छ । जात्रामा अप्सराहरूले नरसिंह भगवान हिँड्ने बाटो कुचोले बढार्ने, गोरसले बाटो पखाल्ने, लावाले मार्गलाई सम्मान गर्ने, चवरपंखले हम्कने र दण्डद्वारा बाटोको सुरक्षा गरेका दृश्य जात्राका मुख्य आकर्षण हुन् ।

यो जात्रा पाटनका राजोपाध्याय ब्राम्हण समुदायबाट सञ्चालन गर्ने चलन छ । यो जात्रा करिब ३ सय ८७ वर्ष पुरानो भएको लिखित इतिहास रहेको भनाइ छ ।

नरसिंह जात्राको क्रममा बाजागाजा, प्रत्यक्ष भजनसहित नरसिंहको देवगणको टोलीले पाटनको गाबहाल, पिम्बहाल, बंगलामुखी, कोबहाल, मंगलबजार, सुन्धारालगायत विभिन्न ठाउँमा यात्रा गराउने चलन छ ।

यो जात्रा बिष्णु भक्त प्रह्लादलाई उद्दार गर्न भगवान विष्णुले नरसिंह अवतार लिई दानव हिरण्डकश्यपुको वध गरेको सम्झनामा मनाइएको मानिन्छ ।

प्रकाशित मिति : ३ भाद्र २०७६, मंगलबार  ८ : ५२ बजे

कञ्चनपुरमा डढेलोको जोखिम बढ्दो, पूर्वतयारी कमजोर

कञ्चनपुर– बढ्दो गर्मीसँगै कञ्चनपुरका वन क्षेत्रमा डढेलो लाग्ने जोखिम पनि

साताको कार्टुन : कामरेडको म्याजिक नम्बर 

काठमाडौं– यस कार्टुनले अहिलेको राजनीतिक बहसलाई व्यंग्यात्मक रूपमा चित्रण गरेको

सुतिरहेका बेला रुखले किचेर एक किशोरीको मृत्यु

झापा– गए राति हुरीले रुख लडाउँदा हल्दिबारीमा एक किशोरीको घटनास्थलमा

डेडिकेटेड र ट्रंकलाइन महसुल विवाद : आयोगमा चैत १ गते सुनुवाइ हुने

काठमाडौं– विवादित डेडिकेटेड र ट्रंक लाइन महसुल विवादका सम्बन्धमा विद्युत्

धोनीले आईपीएलका सबै खेल खेल्ने

काठमाडौँ – भारतीय क्रिकेटका पूर्वकप्तान महेन्द्रसिंह धोनीले इन्डियन प्रिमियर लिग