एन्फा यु–२१ टिम पहिलो खेलमा पराजित « Khabarhub

एन्फा यु–२१ टिम पहिलो खेलमा पराजित


८ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुवाहाटी– ‘डा टी आओ फुटबल च्याम्पियनसिप’अन्तर्गतको पहिलो खेलमा अखिल नेपाल पुटबल संघ (एन्फा) यु–२१ टोली पराजित भएको छ ।

उत्तर पूर्वीय प्रदेश मेघालयविरुद्धको खेलमा नेपाल २–३ ले पराजित भएको हो ।

खेलको १५ औं मिनेटमा रोबर्ट खोङ्गको गोलबाट मेघालयले अग्रता लिएको थियो । नेपालका तर्फबाट रेजिन सुब्बाले ३८ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए पनि दोस्रो हाफपछि नेपालले दुई गोल खायो ।

मेघालयका लागि सइबुर नंगरुमले खेलको ७६ औं मिनेटमा दोस्रो गोल गरे भने इन्जुरी टाइमको ९३ औं मिनेटमा फिगो सेन्डियाले तेस्रो गोल गरे ।

इन्जुरी टाईममा मेघालयका खेलाडीको डिबस्क भित्र ‘ह्यान्ड’ गरेपछि प्राप्त पेनाल्टीलाई नेपालका प्रिजन तामाङले गोलमा परिणत गरेपनि टिमलाई जीत दिलाउन सकेनन् ।

एन्फा यु–२१ को टोलीले अर्को खेल बिहीवार भारतीय राज्य त्रिपुरासँग खेल्ने छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७५, बुधबार  ४ : ४७ बजे

इजरायलमा आज आमनिर्वाचन, नेतान्याहुलाई आइजेनकोटको चुनौती

काठमाडौँ– इजरायलमा आज नयाँ संसदका लागि आम निर्वाचन भइरहेको छ

पर्यटकको पर्खाइमा रमणीय कोटथुम्का

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र

धान फल्ने खेलतमा कागतीखेती

म्याग्दी– कर्मले नै परिचय दिन्छ । सत्कर्म गर्दै जाँदा त्यसबाट

एक महिनामा अन्नपूर्ण क्षेत्रमा ३३ हजार पर्यटक भित्रिए

गण्डकी– गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण

दसैँ बिदामा १५ हजार बढीबाट हेटौँडास्थित शहीद स्मारकको अवलोकन

बागमती– बागमती प्रदेशको राजधानी हेटौँडास्थित शहीद स्मारकको यस वर्षको दसैँ