इस्लामिक स्टेट नियन्त्रित क्षेत्रबाट सर्वसाधारण सारियो | Khabarhub Khabarhub

इस्लामिक स्टेट नियन्त्रित क्षेत्रबाट सर्वसाधारण सारियो


८ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–आतंकवादी संगठन इस्लामिक स्टेटको नियन्त्रणमा रहेको पूर्वी सिरियाको बगौज क्षेत्रबाट सयौँ सर्वसाधारण सुरक्षित स्थानतर्फ सारिएको छ । दर्जनौँ ट्रकमा चढेर उनीहरु इस्लामिक स्टेटको गढबाट अमेरिका समर्थित कुर्दिस लडाकु नेतृत्वको सिरियन डेमोक्र्याटिक फोर्स एसडिएफको नियन्त्रण रहेको स्थानतर्फ आएको एसडिएफले जनाएको छ ।

इस्लामिक स्टेटको गढबाट भागेर आउने सर्वसाधारणको यो अन्तिम समूह रहेको जनाइएको छ । सर्वसाधारण र इस्लामिक स्टेटका लडाकुलाई छुट्याएपछि इस्लामिक स्टेटविरुद्ध त्यस क्षेत्रमा वृहद सैनिक आक्रमण गरिने एसडीएफले जनाएको छ ।

हाल इस्लामिक स्टेट पूर्वी सिरियामा युफ्रातेज नदिको किनारमा केही सय वर्गमिटरको क्षेत्रमा सिमित छ । इस्लामिक स्टेटको अन्तिम गढमा अमेरिका समर्थित एसडीएफले सैनिक कारवाही गरिरहेको छ । सैनिक कारवाही केही दिनभित्रै सकिने र त्यसपछि पूर्वी सिरियाबाट इस्लामिक स्टेट पराजित हुने अपेक्षा छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७५, बुधबार  ५ : २६ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’