राष्ट्रियसभा शून्य समयः पाठकको भ्रष्टाचार काण्डदेखि काष्ठमण्डपको थामसम्मका प्रसंग « Khabarhub

राष्ट्रियसभा शून्य समयः पाठकको भ्रष्टाचार काण्डदेखि काष्ठमण्डपको थामसम्मका प्रसंग


८ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय सभाको शून्य समयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पुर्व आयुक्त राजनारायण पाठकले गरेको भ्रष्टाचारको मुद्दा अदालत सम्म ल्याउन माग गरिएको छ ।

बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा नेकपाका सांसद राम नारायण विडारीले विद्यमान धेरै कानुनले अनुसन्धान गरी कानूनी कारबाही अगाडि बढाउन सकिने अवस्था रहेकोले अनुसन्धान प्रक्रिया अघि बढाउन माग गरे ।

राष्ट्रिय सभाको शून्य समयमा बोल्दै नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले नेपालको पानी जनताको लगानी कार्यक्रममा तमोर र बुढीगण्डकी जस्ता आयोजना किन नसमेटिएको भन्दै प्रश्न गरेका थिए ।सांसद अधिकारीले एक दैनिक पत्रिकामा आएको समाचार पढ्दै दुवै आयोजना बिदेशी कम्पनीलाई बेचिएको होकी भनेर आशंका रहेको बताए ।

सांसद बृशेष चंद्रलालले मेलम्ची खानेपानी आयोजनामा भएको अनियमितता सतहमा आएको भन्दै दोषीलाई कारबाहीको माग गरे । मन्त्री र सचिवको जुहारीले अनियमितता भएको प्रष्ट भएकोले आफूलाई भ्रष्टाचारविरुद्ध उभ्याएको सरकारले कसरी कारबाही गर्छ भनेर प्रश्न गरे ।

राष्ट्रियसभाको शून्य समयमा सांसद रामप्रित पाशवानले धनुषा जिल्लामा पछिल्लो समय महिला माथिको हिंशाको घटना बढेको भन्दै सरकारको ध्यानाकर्षण गरे ।  यस्तै सांसद सरिता प्रसाइले निर्माण थालिएको काष्ठमण्डपको तीन वटा थाम नयाँ र एउटा पुरानो मिसाएर गाडिएकोले संरचना कमजोर हुन सक्ने भन्दै पर्यटन मन्त्रीको ध्यानाकर्षण गराइन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०७५, बुधबार  ६ : १३ बजे

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान

लिग-२ मा नयाँ इतिहास : १ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने रोहित पाैडेल

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर एवम् पूर्व कप्तान

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।