दीगो विकास समितिमा आइतबार अख्तियारका कुरा | Khabarhub Khabarhub

दीगो विकास समितिमा आइतबार अख्तियारका कुरा


८ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसद अन्तर्गतको दीगो विकाश तथा सुशासन समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग सँग छलफल गर्ने भएको छ ।

समितिको बुधबार बसेको बैठकले भ्रष्टाचार न्यूनीकरण गर्न आयोगले गरिरहेका कामहरु बारे जानकारी लिन अख्तियार प्रमुख नवीन घिमिरेलाई आगामी आइतबार बोलाउने भएको हो ।

राष्ट्रिय सभाको यो समितिले दिगो विकास तथा सुशासनको विषयसँग सम्बन्धित सरकारी निकायको नीति तथा कार्यक्रम, स्रोत परिचालनको अवस्था, व्यवस्थापनका विषयमा अनुगमन गरी सम्बन्धित निकायलाई आवश्यक राय, सल्लाह र निर्देशन दिने अधिकार राख्दछ ।

बुधबार बसेको बैठकमा देशमा बढिरहेको भ्रष्टाचार कम गरी सुशासन कायम गर्न अख्तियारले गरिरहेका काम बारे जानकारी लिन प्रमुख घिमिरेलाई बोलाउने निर्णय गरेको हो । समितिको बुधबारको बैठकले दीगो बिकाश तथा सुशासन समितको कार्य योजना पनि पास गरेको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७५, बुधबार  ७ : ४६ बजे

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित