माग पूरा नभए ग्यास उद्योग बन्द गर्ने चेतावनी « Khabarhub

माग पूरा नभए ग्यास उद्योग बन्द गर्ने चेतावनी


८ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल एल पि ग्यास उद्योग संघले माग सम्बोधन नभए सम्पुर्ण एल पि ग्यास उद्योगहरु पूर्ण रुपमा बन्द गर्ने चेतावनी दिएको छ । नेपाल एल पि ग्यास उद्योग संघले बुधबार राजधानी काठमाण्डौमा पत्रकार सम्मेलन गरि विरोधका कार्यक्रमबारे जानकारी गराएको हो ।

संघले फागुन २८ गते देखि मुलुकभरका सम्पुर्ण एल पि ग्यास उद्योगहरु बन्द गर्ने र ३० गते देखि सम्पूर्ण ग्यास विक्रेताहरुबाट ग्यास विक्रिवितरण ठप्प पार्ने जनाएको छ ।

संघले फागुन १६ गते सम्म माग सम्बोधन नभए १७ गते देखि एल पि ग्यासको पिडिओ खरिद ठप्प पार्ने , सबै रिफाईनरीहरुबाट एल पि ग्यास लोडिङ्ग बन्द गर्ने, एल पि ग्यास लोड भएका बुलेटहरु भन्सार नाकाबाट नछुटाउने लगायत कार्यक्रम सार्वजनिक गरेको छ ।

संघका अध्यक्ष गोकुल भण्डारीले अनधिकृत उद्योग इजाजत, नेपाली बुलेट संचालनमा ढिलाई , बीमा लगायतका माग अझै सम्बोधन हुन नसकेकाले आफुहरु काम ठप्प पार्न बाध्य भएको बताए ।

प्रकाशित मिति : ८ फाल्गुन २०७५, बुधबार  ८ : ५८ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु