किम जोङ उन रेलबाटै भियतनाम जाने « Khabarhub

किम जोङ उन रेलबाटै भियतनाम जाने


८ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– उत्तर कोरियाको सर्वोच्च नेता किम जोङ उन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग शिखर वार्ताका लागि अर्को साता भियतनाम जान रेलमार्गको प्रयोग गर्ने भएका छन् । उत्तर कोरियाबाट भियतनाम जान हजारौं किलोमिटर चीनको बाटो हुँदै सर्वोच्च नेता किमले रेलमार्गको प्रयोग गर्नेछन् ।

किम फेब्रुअरी २५ मा हनोई आइपुग्ने कार्यक्रम छ । त्यसका लागि उनी त्यसको केही दिनअघि उत्तर कोरियाको प्योङ्याङबाट विशेष सुरक्षासहितको रेल चढ्ने कार्यक्रम छ । उनी चीनको बाटो हुँदै भियतनामको डोङ डाङ रेल स्टेशनमा उत्रिने र त्यहाँबाट मोटरबाटो भएर १ सय ७० किलोमिटरको दुरीमा रहेको हनोई पुग्ने जनाइएको छ ।

उत्तर कोरियाली नेताहरुले विदेश भ्रमणका लागि रेलको प्रयोग गर्दै आएका छन् । यसअघिका उत्तर कोरियाली नेताहरु किम इल सुङ र किम जोङ इलले पनि आफ्ना अधिकांश विदेश भ्रमणका लागि रेलको प्रयोग गर्ने गरेका थिए । सर्वोच्च नेता किमले यसअघि दुईपटक चीनको भ्रमण गर्दा पनि रेलकै प्रयोग गरेका थिए । यद्यपि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग अघिल्लो वर्ष सिङ्गापुरमा शिखर वार्ता गर्दा भने किमले एअर चाइनाको विशेष विमान प्रयोग गरेका थिए ।

यसैबीच, भियतनामले दुई नेताबीचको शिखर वार्तालाई विशेष महत्व दिएको जनाएको छ । दुई नेताबीच हनोईमा रहेको सरकारी पाहुनागृहमा शिखर वार्ता हुने जनाइएको छ । यसका लागि किम जोङ उन सरकाी पाहुनागृहनजिकै रहेको मेलिया होटेलमा बस्ने संभावना रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०७५, बुधबार  ९ : ३० बजे

काभ्रेको जनमुक्ति मार्ग तीब्र गतिमा निर्माण हुँदै 

धुलिखेल– काभ्रेपलाञ्चोकमा निर्माण भइरहेको जनमुक्ति मार्गलाई तीव्र गतिमा अगाडि बढाएको

दिक्तेल बजारको सडक ढलान सकियो, सौन्दर्यकरणको काम हुँदै

खोटाङ– खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सडक ढलानको काम

रौतहटमा तीन हजार ८५१ निर्वाचन प्रहरी भर्ना गरिने

रौतहट– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य

कांग्रेस विशेष महाधिवेशन : कतिले हस्ताक्षर गरे, कति बाँकी छन् ?

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले

थारू समुदाय माघीका लागि ढिक्री बनाउन व्यस्त

दाङ– दाङको तुलसीपुर उपमहानगरपालिका–१२ कचेलीकी जानकी चौधरीलाई अहिले ढिक्री बनाउने