चीनका पूर्व प्रधानसेनापतिलाई जन्मकैदको फैसला « Khabarhub

चीनका पूर्व प्रधानसेनापतिलाई जन्मकैदको फैसला


८ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– घुस खाएको अभियोगमा चिनियाँ पूर्व प्रधानसेनापतिलाई जन्मकैदको फैसला सुनाइएको छ । पूर्व प्रधानसेनापति फेङ फेङहुईलाई चीनको सैनिक अदालतले घुस प्रकरणमा दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको हो ।

चीनको समाचार संस्था सिन्ह्वाले जनाएअनुसार उनले जम्मा गरेको ठूलो परिमाणको धनको स्रोत खुल्न नसकेको र उनले घुस खाएको अभियोग प्रमाणित भएको चीनको सैनिक अदालतले फैसला गरेको हो । उनको अवैध सम्पत्ति सरकारले जफत गर्ने जनाइएको छ ।

भ्रष्टाचार प्रकरणपछि उनलाई सन् २०१७ मा कम्युनिष्ट पार्टीको महाधिवेशनले पदबाट च्युत गरिदिएको गरिदिएको थियो । यस्तै किसिमको भ्रष्टाचार प्रकरणमा मुछिएका अर्का वरिष्ठ सैन्य अधिकारी जाङ याङ्ले सन् २०१७ मा आत्महत्या गरेका थिए ।

प्रकाशित मिति : ८ फाल्गुन २०७५, बुधबार  १० : ०० बजे

संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड

काठमाडौं– पूर्वराष्ट्रपति रामवरण यादवले नेपालको संविधान उत्कृष्ट रहेको बताउँदै त्यसको

महोत्तरीमा चार लाख ३१ हजार मतदाता कायम

जलेश्वर– जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गरेको छ ।

जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो

एजेन्सी – ऊर्जा मूल्यमा आएको गिरावट र खाद्य पदार्थको मूल्य

‘महाधिवेशनको निर्णय एकता र विजयको प्रतीक’

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशनका निर्णयहरू संविधान,

भोजपुर कांग्रेसका नेताको प्रश्न– ‘विवाद नसुल्झी कसरी होला चुनाव ?’

काठमाडौ । कांग्रेसका निवर्तमान भोजपुर जिल्ला सभापति नन्दमणि राईले नेपाली