चिनियाँ उपविदेश मन्त्रीलाई भेटेर कांग्रेस नेता कोइरालाले भने-नेपाल एक चीन नीतिमा प्रतिवद्ध « Khabarhub

चिनियाँ उपविदेश मन्त्रीलाई भेटेर कांग्रेस नेता कोइरालाले भने-नेपाल एक चीन नीतिमा प्रतिवद्ध


३ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-चीन भ्रमणमा रहेका नेपाली कांग्रेस नेता डा.शेखर कोइराला र चीनका उपविदेश मन्त्री लो चाओहुईबीच भेटवार्ता भएको छ ।

भेटमा दुई देशबीचको आपसी भेट तथा सम्बन्ध विस्तारका विषयमा कुराकानी भएको भेटमा सहभागी चीनका लागि नेपाली राजदूत लिलामणि पौडेलले जानकारी दिए ।

चिनियाँ उपविदेश मन्त्री चाओहुईले डा.कोइरालालाई नेपालको संबिधान दिवसको अवसरमा बधाई तथा शुभकामना दिए ।

डा.कोईरालाले नेपाल “एक चीन नीतिमा प्रतिबद्ध” रहेको बताउँदै २ देशबीचको सम्बन्ध थप मजबुद बनाउन पर्ने बताए ।

२ नेताबीचको भेटमा नेपाल-चीन बीचको आपसी हित र निकट भविष्यमा हुन लागेको चिनीयाँ राष्ट्रपती सी जींगपिंगको नेपाल भ्रमणका विषयमा पनि कुराकानी भएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७६, शुक्रबार  ६ : २० बजे

पोखरामा विद्युत् तार भूमिगतको काम ६५ प्रतिशत सकियो

कास्की – पोखराको मुख्य बजार क्षेत्रमा अहिले बिजुलीको तार भूमिगत

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक ९ बजे

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि

मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर अस्पताल भर्ना

क्वालालम्पुर – मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मद मङ्गलबार आफ्नै निवासमा लडेर

आजको मौसम : तराईमा हुस्सुले जनजीवन प्रभावित

काठमाडौं – बुधबार बिहान लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा

पल्सर स्पोर्टस अवार्ड आज पोखरामा

पोखरा – नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हुन