संविधान कार्यान्वयनयमा पक्ष प्रतिपक्ष हुँदैन : प्रधानमन्त्री | Khabarhub Khabarhub

संविधान कार्यान्वयनयमा पक्ष प्रतिपक्ष हुँदैन : प्रधानमन्त्री


३ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कार्यान्वयनका सन्दर्भमा कोही पनि पक्ष वा प्रतिपक्षमा विभाजित हुन नसक्ने बताएका छन् ।

संविधान तथा राष्ट्रिय दिवसका अवसरमा नेपाली सैनिक मञ्च, टुँडिखेलमा आज आयोजित मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयनका क्रममा कुनै अप्ठ्यारो आइलागे क्रमशः पन्छाउँदै परिमार्जन गर्न सकिने पनि दोहोर्‍याए ।

प्रधानमन्त्रीले भने, ‘हाम्रो लोकतन्त्र फराकिलो छ, कतिपय अतिवादी सोच र संस्थालाई पनि यसले यसै अवधिमा मूल धारमा फर्काउन सफल भएको छ । जो अझै बाटो भुलिरहेका छन्, उनीहरुलाई पनि मूल धारमा आउन ढिला नगर्न मेरो आग्रह छ ।’

प्रधानमन्त्री ओलीले सम्बोधनमा आफ्नो कार्यकालको हालसम्मको अवधिमा भएका आर्थिक विकास र उपलब्धिका बारेमा पनि विस्तृतमा उल्लेख गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा आयोजित समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत निकायबाट सातै प्रदेशका सांस्कृतिक झाँकी, गीत र नृत्य प्रस्तुत गरिएको थियो । संविधान दिवसलाई उत्सवका रुपमा मनाउने क्रममा सेनाको हेलिकोप्टरबाट पुष्पवृष्टि गरिएको थियो ।

यसैगरी विकास निर्माण र नेपाल भ्रमण वर्ष २०२० सँग सम्बन्धित झाँकी पनि प्रदर्शन गरिएको थियो । समारोहमा सहभागीले हातहातमा राष्ट्रिय झण्डा प्रदर्शन गरेका थिए । रङ्गीचङ्गी बेलुन र शान्तिका प्रतीक परेवासमेत उडाइएको थियो ।

प्रकाशित मिति : ३ आश्विन २०७६, शुक्रबार  १२ : २५ बजे

सिमकोट बजार सुनसान, व्यवसाय सञ्चालनमा ल्याउन आग्रह

सिमकोट– हुम्लाको सदरमुकाम सिमकोट आज बिहानैदेखि सुनसान देखिएको छ ।

पछिल्लो २४ घण्टामा इजरायली आक्रमणमा गाजामा ५२ प्यालेस्टिनीको मृत्यु

गाजा– गाजा पट्टीका विभिन्न क्षेत्रमा जारी इजरायली हवाई आक्रमणका कारण पछिल्लो

धादिङ कारागारबाट कैदी भाग्न थालेपछि सेनाले गोली चलायो, एक जनाको मृत्यु, सात घाइते

काठमाडौँ – आगजनी गर्दै जिल्ला कारागार धादिङबाट कैदीबन्दी भाग्न थालेपछि

सुरक्षाकर्मीबाट खोसिएका हातहतियार तथा गोलीगठ्ठा बुझाउन निर्देशन

महेन्द्रनगर– स्थानीय प्रशासनले जेन–जी पुस्ताको आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट खोसिएका हातहतियार

जेन–जीको आन्दोलनले ध्वस्त भए कास्कीका अधिकांश सरकारी कार्यालय (तस्बिरहरू)

काठमाडौं– जेन–जीको प्रदर्शनकारीले कास्कीका अधिकांश सरकारी कार्यालयमा आगजनी गरेका छन्