संविधान दिवस– खेलुकद क्षेत्रका १७ जना खेलाडीलाई पदकसहित सम्मान « Khabarhub

संविधान दिवस– खेलुकद क्षेत्रका १७ जना खेलाडीलाई पदकसहित सम्मान


३ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संविधान दिवसको अवसर पारेर सरकारले विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका ६ सय ३४ जनालाई पदकसहित सम्मान गर्ने भएको छ । सरकारले खेलकुदमा योगदान पुर्याएका पूर्व तथा सक्रिय खेलाडी गरि १७ जनालाई विभिन्न पदकबाट विभुषित गर्ने भएको हो ।

जसमध्ये कराँतेका प्रशिक्षक दिपक श्रेष्ठ, भारत्तोलनकी टिका कुमारी पुन, महिला फुटबल टोलीका प्रशिक्षक हरि खड्का र रेस्लिङकि भगवती खड्कालाई सरकारले सुप्रबल जनसेवा श्री तृतीय श्रेणीबाट सम्मन गर्ने घोषणा गरेको छ ।

यस्तै, जनसेवा श्री पञ्चम श्रेणीबाट अजय तामाङ, युवा खेलाडी अजित कुमार यादव, प्रिन्स दाहाल, महिमा कोइराला, महेश्वर महर्जन, सावित्रा भण्डारी र सोमपाल कामी सम्मानित हुने भएका छन् ।

सरकारले सुर्किती पदकबाट गौरिका सिंह, टंक बहादुर कार्की, पुरन राई, रेश्मा भण्डारी र निरु थापालाई सम्मान गर्नै भएको छ ।

राष्ट्रिय सम्मानहरुले खेलाडी तथा प्रशिक्षकहरुमा सकारात्म उर्जा थप्ने महिला फुटबल टोलीका प्रशिक्षक हरि खड्काले बताए । ‘नेपालमा खेलेर पाउने भनेकै सम्मान हो । खेलबाटै जीवन गुजारा गर्छु भन्ने माहौल अझै बनिसकेको छैन,’ प्रशिक्षक खड्काले भने,‘यस्ता सम्मानले हामीलाई अझै राम्रो गर्न प्रोत्साहन गर्नुका साथै नयाँ खेलाडीलाई पनि खेलमा लाग्न प्रेरणा मिल्छ ।’

प्रशिक्षक खड्काले नेपाली महिला टोलीलाई ओलम्पिक छनोटसम्म पुर्याएका थिए भने साफ च्याम्पियनसिपमा महिला टोलीलाई उपविजेता बनाएका थिए ।

यता, युवा ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले पनि राष्ट्रिय सम्मनले आफुलाई अझै राम्रो गर्न प्रोत्साहन गर्ने बताएका छन् ।

प्रकाशित मिति : ३ आश्विन २०७६, शुक्रबार  १ : ०४ बजे

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट