संविधान दिवस– खेलुकद क्षेत्रका १७ जना खेलाडीलाई पदकसहित सम्मान « Khabarhub

संविधान दिवस– खेलुकद क्षेत्रका १७ जना खेलाडीलाई पदकसहित सम्मान


३ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संविधान दिवसको अवसर पारेर सरकारले विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका ६ सय ३४ जनालाई पदकसहित सम्मान गर्ने भएको छ । सरकारले खेलकुदमा योगदान पुर्याएका पूर्व तथा सक्रिय खेलाडी गरि १७ जनालाई विभिन्न पदकबाट विभुषित गर्ने भएको हो ।

जसमध्ये कराँतेका प्रशिक्षक दिपक श्रेष्ठ, भारत्तोलनकी टिका कुमारी पुन, महिला फुटबल टोलीका प्रशिक्षक हरि खड्का र रेस्लिङकि भगवती खड्कालाई सरकारले सुप्रबल जनसेवा श्री तृतीय श्रेणीबाट सम्मन गर्ने घोषणा गरेको छ ।

यस्तै, जनसेवा श्री पञ्चम श्रेणीबाट अजय तामाङ, युवा खेलाडी अजित कुमार यादव, प्रिन्स दाहाल, महिमा कोइराला, महेश्वर महर्जन, सावित्रा भण्डारी र सोमपाल कामी सम्मानित हुने भएका छन् ।

सरकारले सुर्किती पदकबाट गौरिका सिंह, टंक बहादुर कार्की, पुरन राई, रेश्मा भण्डारी र निरु थापालाई सम्मान गर्नै भएको छ ।

राष्ट्रिय सम्मानहरुले खेलाडी तथा प्रशिक्षकहरुमा सकारात्म उर्जा थप्ने महिला फुटबल टोलीका प्रशिक्षक हरि खड्काले बताए । ‘नेपालमा खेलेर पाउने भनेकै सम्मान हो । खेलबाटै जीवन गुजारा गर्छु भन्ने माहौल अझै बनिसकेको छैन,’ प्रशिक्षक खड्काले भने,‘यस्ता सम्मानले हामीलाई अझै राम्रो गर्न प्रोत्साहन गर्नुका साथै नयाँ खेलाडीलाई पनि खेलमा लाग्न प्रेरणा मिल्छ ।’

प्रशिक्षक खड्काले नेपाली महिला टोलीलाई ओलम्पिक छनोटसम्म पुर्याएका थिए भने साफ च्याम्पियनसिपमा महिला टोलीलाई उपविजेता बनाएका थिए ।

यता, युवा ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले पनि राष्ट्रिय सम्मनले आफुलाई अझै राम्रो गर्न प्रोत्साहन गर्ने बताएका छन् ।

प्रकाशित मिति : ३ आश्विन २०७६, शुक्रबार  १ : ०४ बजे

कालीकोटमा दुई दिनदेखि हराएका युवकको शव फेला

कालीकोट – बिहीबारदेखि हराएका नरहरिनाथ गाउँपालिका-३ का २२ वर्षीय राजेन्द्र

हाँडेभिर-बगरफाँट-भकिम्ली सडक स्तरोन्नति गरिँदै

गलेश्वर– ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर-बगरफाँट-दुधेखोला हुँदै भकिम्ली जोड्ने सडकखण्डको

बगदादस्थित अमेरिकी दूतावासमा आक्रमण

बग्दाद– इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावासमा शनिबार आक्रमण भएको सुरक्षा

प्रधानमन्त्री कप क्रिकेटका लागि सुदूरपश्चिमको प्रारम्भिक टोली घोषणा

सुदूरपश्चिम– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट खेल्नका लागि सुदूरपश्चिम प्रदेशको