टुँडिखेलमा संविधान दिवसको रौनक (फोटोफिचर) | Khabarhub Khabarhub

टुँडिखेलमा संविधान दिवसको रौनक (फोटोफिचर)


३ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संविधानसभाबाट संविधान जारी भएको आज चार वर्ष पूरा भएको छ ।

विसं २०७२ साल असोज ३ गते अर्थात आजकै दिन पहिलो पटक जनताका प्रतिनिधिको सभाबाट संविधान जारी भएको थियो ।

संविधान जारी भएको दिनलाई सरकारले संविधान दिवसको रुपमा मनाउँदै आएको छ । आजको दिन सरकारले सार्वजनिक विदासमेत दिएको छ ।

संविधान दिवसको अवसर पारेर आज सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरिएको थियो । त्यसअघि आज विहानै संविधान दिवसको अवसर पारेर राजधानीसहित देशका विभिन्न स्थानमा प्रभातफेरि र कार्यक्रमहरु आयोजना गरिएको थियो ।

राजधानीको टुँडिखेलमा आयोजना गरिएको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महारा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, उपप्रधानन्त्री, मन्त्रीहरु र सरकारी अधिकारीहरुको उपस्थिति रहेको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा आयोजित उक्त समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत निकायबाट सातै प्रदेशका सांस्कृतिक झाँकी, गीत र नृत्य प्रस्तुत गरिएको थियो ।

संविधान दिवसलाई उत्सवका रुपमा मनाउने क्रममा सेनाको हेलिकोप्टरबाट पुष्पवृष्टि गरिएको थियो ।

यसैगरी विकास निर्माण र नेपाल भ्रमण वर्ष २०२० सँग सम्बन्धित झाँकी पनि प्रदर्शन गरिएको थियो । समारोहमा सहभागीले हातहातमा राष्ट्रिय झण्डा प्रदर्शन गरेका थिए । रङ्गीचङ्गी बेलुन र शान्तिका प्रतीक परेवासमेत उडाइएको थियो ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कार्यान्वयनका सन्दर्भमा कोही पनि पक्ष वा प्रतिपक्षमा विभाजित हुन नसक्ने बताएका थिए । प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयनका क्रममा कुनै अप्ठ्यारो आइलागे क्रमशः पन्छाउँदै परिमार्जन गर्न सकिने पनि बताए ।

हेरौं केही तस्वीर–

प्रकाशित मिति : ३ आश्विन २०७६, शुक्रबार  १ : ३४ बजे

साफ यु–१७ च्याम्पियनसिप : नेपालको विजयी सुरुवात

काठमाडौं – नेपालले साफ यु–१७ च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ।

‘हामी नेपाल’ले भन्योः कुनै राजनीतिक दलसँग संलग्न छैनौं

काठमाडौं – मानवसेवामा समर्पित संस्था ‘हामी नेपाल’ ले हालै सम्पन्न

आपूर्ति मन्त्रालयले भन्यो : उपभोग्य वस्तुको आपूर्ति सहज छ, अनावश्यक सञ्चित नगर्नू

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दैनिक अत्यावश्यक उपभोग्य

प्रधानमन्त्री नपाएपछि खानेपानी र श्रम मन्त्री अस्वीकार गरेको हर्कको दाबी

काठमाडौं – जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारले धरान उपमहानगरपालिकाका मेयर

लुटिएका सामग्री फिर्ता गर्न गण्डकी प्रदेशसभा सचिवालयको आग्रह

गण्डकी – ‘जेनजी’ आन्दोलनका क्रममा गण्डकी प्रदेशसभा सचिवालय, सभामुख तथा