बलात्कृत महिलाको मृत्यु पछि अदालतको फैसला– अभियुक्तलाई साढे ७ वर्ष कैद « Khabarhub

बलात्कृत महिलाको मृत्यु पछि अदालतको फैसला– अभियुक्तलाई साढे ७ वर्ष कैद


३ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ– धादिङको सिद्धलेक गाउँपालिका–२ की मानसिक रूपमा कमजोर २७ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत धादिङले एक जनालाई ७ वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ ।

जिल्ला न्यायाधीश देवेन्द्र पौडेलको एकल इजलासले सिद्धलेक गाउँपालिका–२ का ७० वर्षीय हङ्कुर योगी भन्ने भक्तबहादुर योगी (जोगी) ले बलात्कार गरेको ठहर गर्दै बिहीबार सो सजायको फैसला सुनाएको हो । अदालतले पीडिलाई  ५० हजार रुपैयाँ क्षपिूर्ति दिन समेत योगीको नाममा आदेश जारी गरेको छ ।

योगीलाई कसुर गरेको ठहर गर्दै न्यायाधीश पौडेलले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (३) ङ बमोजिम ७ वर्ष कैद, मानसिक अवस्था कमजोर भएकी महिलालाई जबर्जस्ती करणी गरेकाले थप ७ महीना कैद र पीडित पक्षलाई ५० हजार क्षपिूर्ति भराउन फैसला गरेका जिल्ला अदालतका श्रेस्तेदार नवराज दङ्गालले जानकारी दिए ।

पीडित महिलाको भने जिल्ला अदालमा मुद्दा विचाराधीन रहेकै बेला घरमा लागेको आगोले पोलेर उपचारका क्रममा १५ फागुन २०७५ मा काठमाडौंको शिक्षण अस्पालमा मृत्यु भइसकेको छ ।

जिल्ला प्रहरी कार्यालयमा पीडित पक्षले २०७५ असोज १ गते किटानी जाहेरी दर्ता भएको थियो । घटना अनुसन्धानपछि असोज २१ गते जिल्ला अदालतमा मुद्दा दर्ता भएको र १४ पटकको पेसीपछि जिल्ला अदालतले सो मुद्दा फैसला गरेको श्रेस्तेदार दङ्गालले बताए ।

प्रकाशित मिति : ३ आश्विन २०७६, शुक्रबार  ३ : १७ बजे

एमालेको उद्‌घाटन सत्रमा कांग्रेसबाट कार्यवाहक सभापति पूर्णबहादुर जाँदै

काठमाडौं– नेकपा एमालेको एघारौँ महाधिवेशनको उद्‌घाटन सत्रमा कांग्रेसबाट पूर्णबहादुर खड्का

कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप फागुन २ गतेदेखि

इटहरी– पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्मृतिमा आगामी फागुन २ देखि फागुन

शैक्षिक गुणस्तर उकास्न विद्यालयलाई ४२ थान कम्युप्टर प्रदान

काठमाडौं– काठमाडौँ महानगरपालिकाले शान्ति विद्या गृह माध्यमिक विद्यालय लैनचौर र

१४ वर्षपछि भारत पुगे मेसी : चार शहर घुमेर सचिन तेन्दुलकर, शाहरुख र प्रधानमन्त्री मोदीसँग भेट्दै

नयाँदिल्ली– अर्जेन्टिनाका महान् फुटबलर लियोनल मेसी १४ वर्षपछि भारत आएका

नेपालको पहिलो रामसार क्षेत्र कोशी टप्पु (तस्बिरहरू)

काठमाडौं– संसारभर सिमसार क्षेत्रको जैविक विविधता र त्यहाँको पारिस्थितिक पद्धतिको