दीपाश्री निरौला भन्छिन् – हामी नेपाली चलचित्र क्षेत्रलाई बिस्तार गर्न आएका हौ‌ँ « Khabarhub

दीपाश्री निरौला भन्छिन् – हामी नेपाली चलचित्र क्षेत्रलाई बिस्तार गर्न आएका हौ‌ँ


३ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले निर्देशन गरेको फिल्म ‘छक्का पञ्जा ३’ ले गत वर्ष बक्स अफिसमा सफलता पायो । दीपकराज गिरी एण्ड टिमसँग मिलेर बनाएको यो फिल्मले दर्शकको ध्यान खिच्न सफल भयो । अहिले सोही टिमले चलचित्र ‘छ माया छपक्कै’ बनाएको छ । टिममा यसपटक निर्माता रोहित अधिकारी पनि मिसिएका छन् ।

दीपक–दीपाका फिल्म प्रायः दशैँमा नै प्रदर्शनमा आउँछन् । यसपटक भने दशैँ सकिएपछि मात्र फिल्म प्रदर्शनमा आउने भएको छ । चलचित्र यही असोज २४ गतेबाट प्रदर्शनमा आउँदैछ । चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, केकी अधिकारी, जितु नेपाल, सुपुष्मा भट्ट लगायतका कलाकारले अभिनय गरेका छन् ।

मल्टीस्टारर फिल्म भए पनि चलचित्र ‘कबड्डी ३’, ‘रातो टीका निधारमा’ र हिन्दी फिल्म ‘वार’ का कारण यो फिल्म पछाडि धकेलिएको छ । यता दीपाश्री निरौलाले भने सबै नेपाली फिल्म चल्नुपर्छ भनेर रिलिज मिति पछाडि सारेको प्रतिक्रिया दिएकी छिन् ।

पहिले दशैँको रिलिज मिति नछोड्ने भनेको फिल्म युनिटले अन्ततः दशैँपछिको मिति रोजेको थियो ।

‘नेपाली फिल्महरु जुधेर होइन, सधै मिलेर अगाडि जाने हो भनेर हामीले मिति पछाडि सारेका हौँ,’ दीपाश्रीले भनिन्, ‘सबै फिल्म चल्नुपर्छ र सबै फिल्मले कमाउनुपर्छ, त्यसपछि मा नेपाली चलचित्रको विकास हुन्छ ।’

साथै निरौलाले आफूहरु यो क्षेत्रमा अर्को फिल्मसँग जुध्न यो क्षेत्रमा नआएको बताइन् । ‘हामी चलचित्र क्षेत्रलाई राम्रो बनाउन र बिस्तार गर्न आएका हौँ, जुध्न आएका होइनौँ,’ उनले अगाडि थपिन्, ‘एउटा मात्र होइन, सबै फिल्म चल्नुपर्छ, जुधेर हुँदैन ।’

प्रकाशित मिति : ३ आश्विन २०७६, शुक्रबार  ३ : ४० बजे

प्रधानमन्त्री बालेनको निर्देशनपछि स्वीकृत दरमै टिकट बेच्ने तयार भए वायुसेवा कम्पनी

काठमाडाैँ – नजिकिँदो चाडपर्वको मौका छोपेर हवाई भाडादर अत्यधिक बढाएको

मलेसियाको जोहोरमा वायु प्रदूषण बढेपछि विद्यालय बन्द

काठमाडौँ- मलेसियाको जोहोर राज्यमा वायु प्रदूषणको स्तर बढेपछि विद्यार्थीको स्वास्थ्य

कांग्रेस महाधिवेशन : शुक्रबार ७ बजेबाट मतदान

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज

साडीमा नचिनेपछि विपिन कार्कीप्रति इभा गिरीको आपत्ति, भनिन्- ‘उहाँहरूको सोचमै समस्या भयो’

काठमाडौं– टिकटकर तथा नवअभिनेत्री इभा गिरीले अभिनेता विपिन कार्कीले आफूलाई

इथियोपियामा लामो दूरीको आक्रमणको सम्भावनाबारे अमेरिकी दूतावासको चेतावनी

एजेन्सी– इथियोपियाली सैन्य प्रतिष्ठानलाई लक्षित गरी सम्भावित लामो दूरीको आक्रमण हुनसक्ने