नेकपाले चीनको जस्तो प्रशिक्षण गर्न खोज्नु लोकतन्त्रका लागि खतरा –पौडेल | Khabarhub Khabarhub

नेकपाले चीनको जस्तो प्रशिक्षण गर्न खोज्नु लोकतन्त्रका लागि खतरा –पौडेल


३ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टहरुले आफ्नो पुरानो नीति सिद्धान्तलाई क्रमश बाहिर ल्याउन सुरु गरेको बताएका छन् ।

वरिष्ठ नेता पौडलले कम्युनिष्ट सिद्धान्त बलियो बनाउनका लागि चीनको जस्तो प्रशिक्षण सुरु गर्न लागेको समाचार बाहिर आएको भन्दै यो लोकतन्त्रका लागि खतरनाक भएको टिप्पणी गरे ।

गण्डक टोखा प्रजातान्त्रिक समाजद्वारा आयोजित एक कार्यक्रममा नेता पौडेलले कम्युनिष्ट सिद्धान्तलाई लागू गर्नका लागि चीनियाँ कम्युनिष्ट पार्टीबाट प्रशिक्षण लिने र सबै अधिकार आफैमा केन्द्रीत गर्ने अभियान नेकपाले सुरु गर्न लागेको बताए ।

पौडेलले भने–‘नेपालीलाई अहिले चिनियाँ मोडेलको शासन व्यवस्थाबारे प्रशिक्षण दिनु, सबै अधिकार एकजनामा केन्द्रीत गर्नु कम्युनिष्ट अधिनायकवाद तर्फ उन्मुख हुने संकेत हुन् । अहिलेको समस्या संविधान कार्यान्वयन गर्ने भन्दा पनि कम्युनिष्टको घोषणापत्र कार्यान्वयन गर्ने प्रयास गरेकाले भएको हो । त्यही भएर आम जनतामा असन्तुष्टि बढ्दै गएको छ ।’

पौडेलले जनता असंतुष्ट भएपछि सत्ताको आडमा आफ्ना कार्यकर्ता पोस्न सरकार लागिपरेको बताए । पौडेलले भने– ‘आम जनता असन्तुष्ट छन् तर सरकारलाई कुनै चासो छैन् । कम्युनिष्ट पार्टीको सरकार सत्ताको बलमा कार्यकर्ता पोसेर नयाँ वर्ग जन्माउन लागेको छ ।’

पौडेलले अहिले विचार सिद्धान्तको राजनीति कमजोर हुँदै जात धर्म र भूगोलको राजनीतिले प्रश्रय पाउन लागेको बताए । उनले जात धर्म र भूगोलको नाममा राजनीति ध्रुविकरणको प्रयास भइरहेको भन्दै चिन्ता व्यक्त गरे ।

पौडेलले विकासमा पनि बाधा उत्पन्न भएको बताए । उनले वीपी कोइरालाले देखाएको बाटोका बारेमा आम कांग्रेस कार्यकर्तालाई एकपटक प्रशिक्षित गर्नुपर्ने बेला भएको बताए । वीपी कोइरालाले विकास कसरी गर्न सकिन्छ भन्ने मोडेल प्रस्तुत गरेको भन्दै उनले आम कांग्रेस कार्यकर्ताले वीपीको विचारमा बहस गर्न सक्ने हुनुपर्ने बताए ।

प्रकाशित मिति : ३ आश्विन २०७६, शुक्रबार  ४ : १६ बजे

महानगरले डोजर चलाउँदा मनोहरा सुकुम्बासी बस्तीमा झडप (तस्बिरहरू)

काठमाडौं– काठमाडौं महानगरपालिकाले मनोहरा खोला किनारको सुकुम्बासी बस्तीका घरहरू भत्काउँदा

ऐतिहासिक नृसिंह जात्रा सम्पन्न

ललितपुर– मल्ल राजा सिद्धिनरसिँहको पालादेखि यहाँ हुँदै आएको ऐतिहासिक नृसिंह

प्रमुख सडकका १५० ठाउँमा बाढी र पहिरोको अवरोध, नौ ठाउँमा ठप्प

काठमाडौँ – चाडबाड सुरु भएसँगै यात्रुको चाप बढिरहँदा देशका प्रमुख

नेपालमा सञ्चालन हुने सामाजिक सञ्जाल कानुनी दायरामा आउनुपर्छ : प्रधानमन्त्री

ललितपुर– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सञ्चालन हुने सबै सामाजिक

मनोहरा सुकुम्बासी बस्तीमा महानगरले चलायो डोजर (तस्बिरहरू)

काठमाडौं– काठमाडौं महानगरपालिकाले मनोहरा खोला किनारको सुकुम्बासी बस्तीमा बनेका घरहरू