संविधान दिवस– २६० कैदीको सजाय कट्टा, २२ कैदीलाई माफी « Khabarhub

संविधान दिवस– २६० कैदीको सजाय कट्टा, २२ कैदीलाई माफी


३ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संविधान दिवसका अवसरमा सरकारले २६० कैदीको बाँकी कैदको सजाय कट्टा गरेको छ । यस्तै २२ कैदीलाई माफी दिएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त सजाय माफी गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली, २०७६ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा भीमबहादुर शेर्पासमेतका २६० जना कैदीको बाँकी सजाय कट्टा गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए ।

यस्तै सरकारले २२ जना कैदीको कैद सजाय माफी दिएको छ ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २७६, मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४को दफा १५९ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा रामकिशोर साह तेलीसमेत २२ जनाको कैद, दण्ड, जरिवाना, बिगो, सर्वस्व लगायतको सजाय माफी गरेको सहायक प्रवक्ता घिमिरेद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७६, शुक्रबार  ४ : ३४ बजे

साफ महिला क्लब च्याम्पियनसिपः एपीएफलाई हराउँदै इस्ट बङ्गाल विजयी

काठमाडौं – दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

भद्रपुर– यहाँको बिर्तामोड–६ मा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

निर्वाचनको विकल्प छैन : सभापति लामिछाने

नारायणगढ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा

चिसोले इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको मृत्यु

एजेन्सी– अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन