यस्ता छन् सोंफ खानुका फाइदा « Khabarhub

यस्ता छन् सोंफ खानुका फाइदा


३ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

सामान्यतया होटल तथा र रेष्टुरेन्टमा खाजा तथा खाना खाइसकेपछि सोंफ खाने गरिन्छ । सोंफ खाए पनि यसले पु¥याउने फाइदा बारे सबैलाई थाहा नहुन सक्छ । यसका फाइदा बारे यहाँ प्रस्तुत गरिएको छ–

सले खाना पचाउन मद्दत गर्दछ र यसले मुखलाई समेत ताजा बनाइराख्दछ । यसले मुखबाट दुर्गन्ध आउन दिँदैन । यतिमात्र नभई यसमा अनेकौं औषधीय गुणहरू लुकेका हुन्छन् ।

सोंफमा क्याल्सियम, जिंक, म्याग्नेसियम, आइरन, सेलेनियम तथा म्याग्निजलगायतका तत्वका साथसाथै एन्टी इन्फ्लेमेटोरी, एन्टी माइक्रोबियल तथा एन्टीअक्सिडेन्ट हुने गर्दछ जुन मानिसलाई स्वस्थ रहनका लागि आवश्यक तत्व हुन् । भोजनमा यसको प्रयोग अनेक तरिकाले गर्न सकिन्छ ।

सोंफ खानुका केही फाइदाहरूः

कोलेस्ट्रोल तथा उच्च रक्तचाप नियन्त्रण गर्दछ । सोंफमा न्यून मात्रामा कोलेस्ट्रोल हुने गर्दछ । सोंफमा हुने फाइबरले कोलेस्ट्रोल नियन्त्रण गर्न मद्दत गर्दछ । सोंफको दानाको सेवन उच्च रक्तचापमा पनि फाइदाजनक सावित हुन्छ ।

हृदयघात रोक्न मद्दत गर्दछः

सोंफको सेवनले हृदयघातको सम्भावनालाई न्यून गर्छ । रक्तचापलाई नियन्त्रण गरी यसले हृदयघातको खतरा कम गर्दछ । यसमा राम्रो मात्रामा पोटासियम पाइन्छ जसले रक्तचाप कम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।

पेटसम्बन्धी रोगबाट बचाउँछः

सौंफले पेटमा अपच हुन दिंदैन । जब सौंफ चपाउन सुरु गरिन्छ, तब यमा हुने तत्वले पाचन क्रियाको काम गर्न सुरु गर्दछ । यसमा हुने फाइबरले पेटको बिकारलाई नरम बनाई कब्जियतको समस्या टाढा भगाउँछ ।

क्यान्सरको रोकथामः

सोफमा म्याग्निज नामक तत्व रहेको हुन्छ । यसका प्रयोगले शरीरमा एक शक्तिशाली एन्टीअक्सडेन्ट इन्जाइम सुपर अक्साइड डिस्म्यूटेसको उत्पादन हुन्छ जसले क्यान्सरको खतरालाई न्यून गर्दछ । यतिमात्र नभई सौंफ चबाउनुले अनुहार, पेट तथा स्तन क्यान्सको सम्भावनालाई पनि कम गर्दछ ।

प्रकाशित मिति : ३ आश्विन २०७६, शुक्रबार  ५ : ३१ बजे

देउवालाई हटाएर, पार्टी कब्जा गरेर कांग्रेस चल्दैन, विधानअनुसार नेतृत्व फेरौँ

काठमाडौं– नेता विमलेन्द्र निधिले नेपाली कांग्रेस इतर समूहको राष्ट्रिय भेलामा

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा

फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

म्याग्दी- म्याग्दीमा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ।

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम