साफ यू-१८ फुटबलः नेपाल र माल्दिभ्सबीचको खेल बराबरी | Khabarhub Khabarhub

साफ यू-१८ फुटबलः नेपाल र माल्दिभ्सबीचको खेल बराबरी


३ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साफ यू–१८ फुटबल च्याम्पियनसिपमा नेपालले माल्दिभ्सँग एक(एक गोलको बराबरी खेलेको छ ।

हलचोक स्थित सशस्त्र प्रहरीको मैदानमा भएको खेलमा नेपालले माल्दिभ्सको एक गोलको अग्रतालाई बराबरीमा रोक्न सफल भएको हो। नेपालका लागि मनिष डाँगीको गोल हारबाट बचाउन सफल भयो ।

खेलको १३ औं मिनेटमा नै नेपाली डिफेन्डरले डिबक्समा फल गरेपछि पाएको पेनाल्टीलाई माल्दिभ्सले अग्रता बनाएको थियो । एक गोलले पछि परेको नेपाल दबाबमा आएको थियो । पहिलो हाफमा नेपालले गोल गर्ने अबसर प्राप्त गरेपछि गोल गर्न भने सकेन । ४९ औं मिनेटमा माल्दिभ्सले अर्को एउटा प्रहार गरेको थियो ।

दोस्रो हाफको ७४ औं मिनेटमा नेपालले गोल फर्काउन सफल भयो । बारम्बारको प्रयास पछि नेपालका लागि मनिश डाँगीले हेडर गोल गरे । उनको नेपाली उमेर समुहमा गरेको यो पहिलो गोल हो ।अब नेपालले समुहको दोस्रो खेलमा भुटानसँग खेल्नेछ । नेपालका लागि सेमिफाइनलमा पुग्न सो खेल जित्ने पर्ने हुन्छ ।

प्रकाशित मिति : ३ आश्विन २०७६, शुक्रबार  ६ : ०५ बजे

गत वर्षमा विदेश पढ्ने नाममा बाहिरियो एक खर्ब ३८ अर्ब

काठमाडौं– गत आर्थिक वर्ष ०८१/८२ मा नेपालबाट विदेश पढ्न जाने

एक वर्षमा ८३ अर्ब १९ करोडको शेयर सूचिकृत 

काठमाडौं– गत आर्थिक वर्ष २०८१/८२ को एक वर्षको अवधिमा ८३

पूर्वमुख्यसचिव बैकुण्ठ अर्यालको भ्रष्टाचार मुद्दा सर्वोच्च पुग्यो

काठमाडौँ – अख्तियार दुरुपयोग आयोगले सुरक्षण मुद्रण केन्द्रमा भएको अन्तःशुल्क

युक्रेनको स्वतन्त्रता दिवसमा सहभागी हुन क्यानडाका प्रधानमन्त्री किएभमा

किएभ– क्यानडाका प्रधानमन्त्री मार्क कार्नी आइतबार युक्रेनको स्वतन्त्रता दिवस मनाउन