इन्धनको मूल्य समायोजन, ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ घट्यो | Khabarhub Khabarhub

इन्धनको मूल्य समायोजन, ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ घट्यो


३ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल आयल निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य घटाएको छ ।

निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनमा प्रतिकिलोलिटर ५० अमेरिकी डलर र ग्यासमा प्रतिसिलिण्डर रु २५ घटाएको हो ।

अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर एक हजार अमेरिकी डलर कायम गरिएको छ । मूल्य घटेपछि ग्यासको मूल्य प्रतिसिलिण्डर रु एक हजार ३५० कायम भएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य केही घटेको छ । सेप्टेम्बर १ मा इन्डियन आयल कर्पोरेशनले पठाएको मूल्यअनुसार हवाई इन्धन र एलपी ग्यासको मूल्य घटेर आएको थियो ।

अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनको मूल्य समायोजन भएसँगै नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० लाई सफल बनाउन टेवा पुग्ने निगमले विश्वास लिएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले चाडपर्वको समयमा जनतालाई राहत दिन ग्यासको मूल्य घटाइने बताएका थिए ।

डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य भने यथावत राखिएको छ । निगमले भारतबाट पाइपलाइनबाट इन्धन भित्र्याउन शुरु गरेकै दिन डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको थियो ।

प्रकाशित मिति : ३ आश्विन २०७६, शुक्रबार  ७ : ५४ बजे

गल्फ लुब्रिकेन्ट्सको पार्टनर मिटमा महिला क्रिकेट उप–कप्तान पूजा महतो ब्रान्ड एम्बेसडर

काठमाडौं– गल्फ लुब्रिकेन्ट्सका आधिकारिक उत्पादक तथा वितरक नेपाल ल्युब आयल लिमिटेडले पोखरामा

विपक्षी दबाबपछि जापानका प्रधानमन्त्री शिगेरु इशिबाको राजीनामा गर्ने निर्णय

टोकियो– जापानका प्रधानमन्त्री शिगेरु इशिबाले राजीनामा गर्ने निर्णय गरेको स्थानीय

एमाले विधान महाधिवेशन : पूर्वराष्ट्रपति भण्डारीले पठाएका ३५ सय पत्र वितरण 

काठमाडौं– नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले

बैंकिङ प्रणालीमा अत्यधिक पैसा थुप्रियो, २५ अर्ब खिच्दै राष्ट्र बैंक 

काठमाडौं– नेपालको बैंकिङ प्रणालीमा अत्यधिक पैसा थुप्रिएको छ । बैंकिङ

हाटबजार विस्तार गर्दै आँबुखैरेनी गाउँपालिका

दमौली– प्रत्येक शुक्रबार हाटबजार सञ्चालन हुँदै आएको तनहुँको आँबुखैरेनीमा अब