मोबाइल फोनका भ्रम र सत्य ! गोजीमा राख्दा बाँझोपन हुन्छ ? | Khabarhub Khabarhub

मोबाइल फोनका भ्रम र सत्य ! गोजीमा राख्दा बाँझोपन हुन्छ ?


३ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अहिले स्मार्टफोन मानिसहरुको जिवनको अभिन्न अंग बनिसकेको छ । विश्वमा मानिसहरुको संख्या भन्दा मोबाइल फोनको संख्या बढी भेसकेको छ ।

तर पनि स्मार्टफोनका विषयमा विभिन्न खाले अफवाह तथा भ्रान्ति वा गलत बुझाइहरु छन् । यस्ता भ्रान्तिहरुको वास्तविकता नबुझिकन हामी पनि हल्लाको पछि लाग्दछौँ र डराउछौँ ।

आउनुस् स्मार्टफोनको बारेमा रहेका ७ वटा भ्रम र वास्तविकता बुझौं ।

१. विमानमा यात्रा गर्दा स्मार्टफोन बन्द गर्नैपर्छ नत्र भने स्मार्टफोनको तरंगले विमानको प्रविधिमा असर गर्छ र विमान दुर्घटनामा पर्नसक्छ भन्ने धारणा सुनिन्छ । तर यो पूर्णतः गलत मान्यता हो । विमानमा प्रयोग हुने प्रविधि यतिधेरै विकशित भैसकेको छ की यसलाई मोबाइलको तरंगले कुनै असर पार्न सक्दैन । त्यसैल तपाईंले जहाजभित्र मोबाइल फोन अफ गरिरहनु पर्दैन मज्जाले प्रयोग गर्न सक्नुहुन्छ ।

२. पेट्रोल पम्पमा तेल भरिरहेको बेला मोबाइलको स्वीच अफ गर्नुपर्छ भन्ने धारणा पनि छ । पेट्रोल पम्पमा तेल भरिरहेको बेला मोबाइल चलाउँदा त्यसबाट उठ्ने तरंगले झिल्का पैदा गर्ने र आगलागी हुनसक्ने जोखिम रहने भ्रान्ति रहिआएको छ । तर यो दाबी पूर्णतया गलत हो । मोबाइलको तरंगलका कारण झिल्का उठेर कहिल्यै पनि आगो लाग्दैन । कहिलेकाहीँ ब्याट्रीको खराबीका कारणले ब्याट्री पडि्कँदा चाहीँ नजिकै रहेका प्रज्ज्वलनशील पदार्थमा आगो लाग्नसक्छ ।

३. धेरैबेर चार्ज गर्दा ब्याट्री पडि्कन्छ भन्ने भनाई पनि असत्य हो । मोबाइल फोन रातभर चार्जमा राखेर सुत्नुहुन्न, बढि चार्ज भएर पडि्कन्छ भन्ने मान्यता छ । तर यो गलत यस मानेमा हो की स्मार्टफोनमा यस्तो प्रविधि हुन्छ जसले ब्याट्री फुल चार्ज भएसँगै चार्जिंग आफै बन्द गरिदिन्छ । त्यसैले ब्याट्री ओभरचार्ज हुने भन्ने हुँदैन ।

४. ब्याट्री जति ठूलो भयो उसको चार्ज पनि धेरै खप्दछ भन्ने मान्यता पनि छ । तर यो पनि वास्तविकता होइन । ब्याट्री लाइफसँग ब्याट्रीको साइजको कुनै लिनुदिनु छैन । यो त ब्याट्रीको क्षमताको कुरा हो । ब्याट्रीको क्षमता जति धेरै मिलिएम्पिएर आवर हुन्छ उति नै धेरै समयसम्म ब्याट्रीको चार्ज टिक्दछ ।

५. पाइरेट ब्राउजिंग सुरक्षित हुन्छ ? हुँदैन । जब तपाइँले आफ्नो स्मार्टफोनबाट कतिपय गोप्य जानकारी हासिल गर्नका लागि पाइरेट ब्राउजर तथा साइट प्रयोग गरी इन्टरनेट चलाउनुहुन्छ । आफ्नो सर्च हिस्ट्रीको बारेमा अरुलाई जानकारी नभएको भनेर ढुक्क बन्नुहुन्छ । तर वास्तवमा त्यस्तो हुँदैन । तपाईंको सर्चका विषयमा टेलिकम अपरेटरलाई जानकारी हुन्छ । अर्थात् पाइरेट ब्राउजिंग पनि सुरक्षित हुँदैन ।

६. के मोबाइल चार्ज भइरहेको बेला मोबाइलमा कुराकानी गर्नु हानिकारक हुन्छ ? यो पनि भ्रम नै हो । चार्ज गरिरहेको बेला मोबाइलबाट कल गर्दा वा फोन उठाएर कुराकानी गर्दा मोबाइल पडि्कन्छ भन्ने मान्यता छ । तर यो होइन । चार्जमा राखेको बेला कल गरेको कारण मोबाइल पड्केको नभई ब्याट्रीको खराबीका कारण यस्तो भएको हो ।

७. के मोबाइल फोनले बाँझोपन गराउँछ ? मोबाइल फोनको विकिरणले प्रजनन् कोषमा नकारात्मक असर पुर्‍याउने भएकाले यसले मानिसमा बाँझोपना समेत ल्याउन सक्ने जोखिम रहेको भन्ने खालका मान्यता पनि छन् । त्यसैले मोबाइल फोनलाई गुप्तांगको नजिक पर्नेगरी अर्थात् पाइन्टको गोजीमा राख्नु हुँदैन भनिन्छ । तर यो पूर्ण सत्य होइन । विश्वका ब्राण्डेड तथा चर्चित स्मार्टफोन निर्माताहरुले आफ्नो स्मार्टफोन बजारमा ल्याउनुभन्दा पहिले त्यसको विकिरण परीक्षण गराउनुपर्छ । एसएआर टेस्ट भनिने त्यस्तो परीक्षणका क्रममा मोबाइल फोनको विकिरण मानिसलाई असर पुर्‍याउने खतरनाक स्तरमा नरहेको कुराको ग्यारेन्टी गरिन्छ।

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  ४ : ३४ बजे

दुई अर्ब ४१ करोड ७९ लाख राजस्व सङ्कलन

कञ्चनपुर– आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरको राजस्व सङ्कलन वृद्धि भएको छ

पर्वतमा पहिरोले घर पुरिँदा एक दम्पत्ति बेपत्ता

पर्वत – गएरातिदेखिको अविरल वर्षाले पर्वतमा पहिरोले घर पुरिँदा एक

मनास्लु क्षेत्र घुम्ने पर्यटकको सङ्ख्यामा वृद्धि

गोरखा– उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्र घुम्न पुग्ने विदेशी पर्यटकको

धार्मिकस्थल ‘जलजला’ जोड्ने पदमार्ग निर्माण

म्याग्दी– म्याग्दी, पर्वत र कास्कीको सिमानामा पर्ने धार्मिक, पर्यटकीयस्थल जलजला

गत आर्थिक वर्षमा ९ अर्ब ४१ करोड राजस्व सङ्कलन

वीरगञ्ज– आन्तरिक राजस्व कार्यालय वीरगञ्जले गत आर्थिक वर्ष (आव)मा ९